मदन भण्डारी कि छोरी भन्छिन,- आज बुवा भएको भए यो देश आज कस्तो हुदो हो भनेर सोचिरहन्छौ

मदन भण्डारी कि छोरी भन्छिन आज बुवा भएको भए यो देश आज कस्तो हुदो हो भनेर सोचिरहन्छौ बुवा को हत्या हुनु जेल सम्म पनि उहाको लागि जनता भने को हाम्रो भगवान हुन् भन्ने सिद्दान्त मा उहाँ हिड्नु हुन्थ्यो |

रास्ट्रपति विद्या देवी भण्डारीकी छोरी, उषा किरण भण्डारीले नेपालमा खेल क्षेत्रको विकास गर्नका लागि खेल विश्वविद्यालय आवश्यक रहेको बताएकी छिन् ।

मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष पनि रहेकी उषा किरण भण्डारीले खेलप्रति आस्था राख्नेका लागि तथा खेलमार्फत आफ्नो पहिचान गराउन खोज्नेका लागि सहजीकरण गरी समाज रुपान्तरण गर्नु नै आजको आवश्यकता रहेको बताइन् ।

बिहीबार नवलपरासीको बर्दघाटको चिसापानीमा मदन भण्डारी स्पोर्टस् एकेडेमी लुम्बिनी अञ्चल कमिटीद्धारा आयोजित परासी क्षेत्र कमिटीको प्रथम भेलाको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री उषाकिरणले सो कुरा बताएकी हुन् ।

देशमा सङ्घीयता लागू भइसकेको अवस्थामा नवलपरासी जिल्ला २ प्रदेशमा बाँडिएको हुँदा परासी क्षेत्रमा एकेडेमीले छुट्टै कमिटी गठन गरेको बताउँदै उनले मदन भण्डारी स्पोर्टस् एकेडेमीले खेलाडीलाई एकताको सूत्रमा बाँध्दै भविष्यमा ऊर्जावान् खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरिन् ।

सोही अवसरमा सांसद सिन्धु जलेशाले लोप हुँदै गएका खेललाई संरक्षण गरेमा राष्ट्रको पहिचान कायम गर्न सफल हुन सकिने बताइन्। उनले फरक फरक खेलमा रुचि राख्ने नेपाली खेलाडीका लागि एकेडेमीले खेलका लागि प्रोत्साहन गर्ने र खेल क्षेत्रका विकृति–विसङ्गति हटाउनका लागि सरकारलाई दबाब दिने बताइन् ।

कार्यक्रममा जिल्लाको परासी क्षेत्रबाट राष्ट्रियस्तरको तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी प्रेमबहादुर नेपाली र रबिन अधिकारीलाई सम्मान गरिएको थियो ।

मदन भण्डारीको जनताको बहुदलीय जनवाद भन्ने मान्यतालाई जीवन्त राख्दै विशुद्ध खेल क्षेत्रको विकास गर्ने उद्देश्यले २०६६ साल पुस १६ गते मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।