‘राजा बिरेन्द्र र मदन भण्डारीको हत्यामा प्रचण्डको संलग्नता छ’ : ज्ञवाली (भिडियो सहित)
माओवादी–काँग्रेस–राप्रपा गठबन्धनका कार्यकर्ता जिउँदा लास हुन् काठमाडौं । यो निर्वाचन पनि पश्चिमा रणनीति नै थियो । हामी सँग विकल्प थिएन । राज्य पुनर्सरचनालाई पञ्चायतको राष्ट्रवादी विद्यार्थी मण्डलबाट उदय भएका कमल थापालाई उपप्रधान र स्थानीय विकास मन्त्री बनाएर राज्य पुनर्सरचना सार्वजनिक गरे । यहाँको आफुलाई राजतन्त्रवादी मान्नेहरु पनि सिआइए पकड भन्दा बाहिर छैनन् भन्ने कुरा पश्चिमाहरुले प्रमाणित गरिदिए । राज्य पुनर्सरचना मार्फत् ग¥यो । यहाँको बालानन्द पौडेलमार्फत् घोषणा गरियो । यसबाट के देखिन्छ भने पश्चिमाहरुको माइक्रो म्यानेजमेन्ट तलसम्म देखिन्छ ।

अब चुनावभन्दा पूर्व एकजना ‘रअ’ देशव्यापीरूपमा जनताको बीचमा सर्वेक्षण ग¥यो । देशव्यापी रूपमा गरिसकेपछि अहिलेको निर्वाचनमा पनि देशव्यापी रूपमा काँग्रेसको ठूलो प्रभाव छ । काँग्रेस र माओवादी मिलाउँदा, काँग्रेस पहिलो पार्टी बन्छ । माओवादी र एमाले २५–३० को हाराहारीको पार्टी बन्छ । केपि ओलाीलाई असफल भनेर माधव नेपाललाई उठाएर यो निर्वाचन गरायो । यो निर्वाचनमा कतिपय ठाउँमा नेकपा एमालेका उम्मेदवार माधव नेपाल पक्षहरुले संगठित रूपमै अन्तर्घात गरेका छन् । त्यो गर्दा पनि नेकपा एमाले पहिलो पार्टी भएको छ । काठमाडौं महानगरपालिकादेखि मनाङको गाउँपालिकासम्मको हेर्दा एमाले सबै भन्दा ठूलो पार्टी भएको छ । संख्यात्मक रूपमा उसको १२४–१२५ देखिए पनि यो उसको आधाभन्दा बढि जीत हो । माधव नेपाल पक्षधरले अन्तर्घात नगरेको भए १८ ठाउँमा गाउँपालीकाको अध्यक्ष बाहेक अरु सबै पद एमालेले जितेको छ । नदेखिएको अन्तर्घात धेरै भएको छ । माओवादीको पहिलो निर्वाचनमा काँग्रेससँग तालमेल गर्दा ४५ पुगेको हो । नत्र उसले २०–२५ ठाउँमा मात्र जित्ने थियो ।
अहिले खराबमध्येको कुन कम खराबभन्दा अहिले एमाले परेको छ । एमालेको ठूलो संरचना एनजिओ÷आइएनजिओहरुले जकडिएको छ । त्यसको नेतृत्व माधवकुमार नेपाल हुन् । मदन भण्डारीको हत्यापछि एकल रुपमा नेतृत्वमा इन्डो पश्चिमी रणनीतिमा ल्याइयो । त्यो संरचना अहिले एमालेभित्र संकटमा परको छ । त्यो संकटका कारण साम्राज्यवाद अतालिएको छ । त्यसले काउन्टर केपि ओलीलाई माथि गरिएको छ । तर केपि ओलीमाथि पनि त्यो संरचना नभएको चाँहि होइन । अहिे नेपाली सेना, प्रहरि, ‘रअ’ र पश्चिमाले इन्टरियल एजेन्सीका मान्छेहरुलाई जनताको बस्ती–बस्तीमा खटाएका छन् । यसलाई समग्रमा भन्नुपर्दा यहाँ आन्तरिक फिरड्डीहरुलाई खटाइएको छ । म नेकपा एमाले पनि होइन र भोली पनि बन्दिन । अहिले राजतन्त्रको विस्थापनपछि राष्ट्रिय नियोगहरुमा चीनसँग सम्झौता केपि ओलीले ग¥यो त्यसले सिंगो नेकपा एमालेलेलाई उभ्यायो ।
अहिले साम्राज्यवादका निम्ति संकट भएको छ । त्यसले गर्दा पछिल्लो निर्वाचन पश्चिमी मोडालीटी मै भएको हो । तथापि यो उनिहरुको अनुकलपनि नभएको हुनाले साम्राज्यवादले यसबाट पनि सुरक्षित ठानेको छैन । त्यसकारण जो गठबन्धन बनाइएको छ । उनिहरुले अहिले जुन रणनीति अनुसार शेरबहादुर–माके–राप्रपा गठबन्धन भनेको दरबार हत्याकाण्ड र राजतन्त्र विस्थापनपछिको आफ्नो विरासत कायम राख्न खोजेका छन् । यो निर्वाचनको परिणाम हेर्दा एक हदमा साम्राज्यवादको संकट नै हो । यो निर्वाचनलाई एक खालको साम्राज्यवादको संकट हो । माओवादी–काँग्रेस–राप्रपा गठबन्धनका कार्यकता जिउँदा लास हुन् ।
नेपाली काँग्रेस भनेको चक्रप्रसाद वास्तोलाजस्तो जसको देहावसान पनि भएको छैन । उहाँ बोल्न पनि सक्नु हुन्न । अहिलेको माके–काँग्रेस भनेको जिउँदा लास हुन् । जसमा आफ्नै टाउकाको मुल्य ५० लाख तोक्नेलाई गएर मत हालेको छ । जसले आफ्नै कार्यकर्ताको घाँटी रेट्नेलाई मत हालेका छन् । तलका कार्यकर्ता भनेको मरिसकेको लास हुन् । वैचारिक रूपमा त मरिसकेको छ । काँग्रेस–माओवादी केन्द्र जिउँदा लास र हत्काराका केन्द्र हुन् । यिनीहरु निभ्न लागेको बत्ती बनिसकेका छन् । यसको अन्त्यष्ठि निश्चित छ ।
अहिलेको खराब मध्येको कम खराब एमाले हो । नेकपा एमालेभित्र पश्चिमाहरुको सञ्जाल छ । त्यो सञ्जाल पनि खतरनाक सञ्जाल छ त्यसका विरूद्ध अर्को चरणमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । अहिले फिल्डमा ३ शक्ति छन् । काँग्रेस–माके–एमाले हुन् । अरु टुठेफुटेका तथाकथित क्षत्रियतावादीहरु छन् । यिनीहरुको कुनै काम छैन । दुश्मनसँग लड्नुपर्दा कमजोर दुश्मनलाई अगाडी सार्नुपर्छ भन्ने माओको सिद्धान्तअनुसार – जनहत्याराहरुको गठबन्धनका विरूद्ध एमाले नै देखिएको छ । ओलीको नेतृत्वका कारण सफल भएको छ ।
एकातिर मदन हत्याका खलनायक शेरबहादुर देउवा छन् । कतै मदन भण्डारी र बिरेन्द्र राजाको हत्यामा प्रचण्ढ त संलग्न थिए कि भन्ने प्रश्न चिन्ह खडा भएको छ ? जेठ ३ गते मदन भण्डारीस्को हत्या नभएको भए ११ गते एमाले प्रवेश गर्ने तयारीमा थिए प्रचण्ड । आज अपराधिकवादी गठबन्धनलाई हेर्दा पुष्पकमल दाहाल भन्ने श्रीखण्डी कतै मदन भण्डारी र राजा बिरेन्दको हत्यामा संलग्न भएको बाहिरी पात्र त होइन । होइन भने किन सेरबहादुर जस्तो साम्राज्यवादीसँग उनले गठबन्धन गरे ? कुन आधारमा चाइनिज राष्ट्रपति सि जिन पिङको भ्रमण रोक्न आइपुगे । पुष्पकमल दाहाल भनेको साम्राज्यवादी क्रिस्चियन र पश्चिमा एजेन्ट हो भन्ने कुरा सकुशल प्रमाणित भएको छ ।
उसले केही समय बंकर युद्धदेखि भारतीय विस्तारका विरूद्ध सङ्घर्ष गर्नेदेखि लिएर धेरै नाटक मञ्चन ग¥यो तर, अहिले फेरी साम्राज्यवादी कित्तामा उभिएको छ । ५० हजार मानिसको रगत खाएर साम्राज्यवादी बन्नेको समाप्ति निश्चित छ ।
प्रचण्डजस्तो नालायक हत्याराहरुले गोञ्जालोको इतिहास पढे हुन्छ । गोञ्जालोलाई समाप्त गर्न प्रयोग गरेको सिआईएले गोञ्जालो समाप्त भइसकेपछि फुजिगुरीलाई मानवअधिकार हननको नाममा लगेर कष्टडीमा राखे भने प्रचण्डजस्तो हत्यारालाई साम्राज्यवादीले रक्षा पनि गर्ने छैन । प्रचण्डको लास उठाउने मान्छेसमेत हुने छैन । तिनले बुझे हुन्छ साम्राज्यवादीबाट सुरक्षित छु भन्ने यस्ता जनहत्याराहरुले एकपटक इतिहास पल्टाएर पढे हुन्छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस >>>


