‘देश बेच्नेहरुलाई नै भोट दिनु जनताको बेइमानी हो, वर्षभरि सराप्ने चुनावमा तिनैलाई ल्याप्चे ठोक्दिने’

काठमाडौं, एमाले र कांग्रेसको चुनावी घोषणापत्र ट्वाइलेट पेपरको रुपमा प्रयोग गर्न पनि काम लाग्दैन अब ! प्रजातन्त्र पुनर्स्थापना पछिका करिब तीन दशक एमाले कांग्रेसले नै आलोपालो सत्ता चलाए !! एमाले कांग्रेसको घोषणापत्रहरुमा चना–चटपटे खाँदा खाँदा कपाल पनि फुलिसक्यो ।

यहि तीन चार दशकको टाइम फ्रेममा हिजो हामिले चामल पठाएको भोकमरीले ग्रस्त कोरिया आज विश्वकै सातौं ठूलो निर्यातकर्ता अनि बार्हौँ ठूलो अर्थतन्त्र भएको देश बन्यो, आज हाम्रा युवाहरु कोरियाका बंगुर फार्महरुमा पसिना बगाईरहेका छन् ।

यहि टाइम फ्रेममा मलेसिया एउटा हिले टापुबाट एसियन टाइगर बन्यो जहाँ लाखौं नेपाली युवाहरु आज पालेको रुपमा काम गर्दैछन् । युद्दले ध्वस्त भएको भिएतनाममा आज हामिले प्रयोग गर्ने हरेक ल्यापटप, आईफोन र एनड्रोइड मोबाइलका चिपहरु बन्दछन् ।

६–७ दशक अगाडि मात्रै बेलायती उपनिवेशबाट मुक्त भएको भारत २०२२ सम्ममा संसारकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्नेछ भने हिजो हामिसंगै हिँडेको चीनले २०३५ सम्ममा अमेरिकी अर्थतन्त्रलाई उच्छिन्ने छ । बितेका यी तीन दशकमा पचासौं हजार विद्युत उत्पादन गर्ने क्षमता भएको देशमा जम्मा ६०० मेगावाट बिजुलि पनि उत्पादन गर्न नसक्ने राजनैतिक नेतृत्वले रेल कुदाउँछौँ,जहाज चलाउछौँ,एक घर एक रोजगार सृजना गर्छौं भन्दा एक प्लेट मटन र एक पेग व्हिस्कीमा बिक्ने हामी जनता मख्ख पर्छौँ ।

चुनाव आउँछ ल्याप्प ल्याप्चे लगाइदिन्छौँ, लुटको त्यहि कथा दोहोरिन्छ । लु देश हामिले बिगारेको कि हाम्रा नेताहरुले ? भनेर खगेन्द्र सङ्ग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖