“अब राष्ट्रद्रोहीहरु नागिंने छन् मनबाट काम गरेका छौ, भगवानलाई पनि तथास्तु भन्न कर लगाउछौ” : रबि (भिडियो सहित)
कस्तो विडम्बना सरकारी अस्पतालका डाक्टर विरामी वेच्दै यसरी निजि अस्पताल पठाउदा रहेछन !
कांग्रेस ,एमाले र माओबादीले पैसा बाडेर भोट किन्दै गरेको भिडियो
अशिक्षित भन्दा शिक्षित भनिएको पुस्तानै दुई चोक्टा मासु र दुई घुट्को रक्सीमा बिक्दै आफ्नु अमुल्य मत बेच्न अघि देखियो भन्दै रविले यस्तो पिडा ब्यक्त गरे !

कांग्रेस ,एमाले र माओबादीले पैसा बाँडेर मतदाता किन्दै चुनाव लड्दै छन् तर यहाँ कोही छैन यिनीहरुलाई कारवाही गर्न सक्ने अनि हुतीहाराहरुको बिगबिगी छ देशमा । हेर्दै जानुस्, एक एक गरेर मानिसहरु नागिंने छन्।मनबाट काम गरेका छौ, भगवानलाई पनि तथास्तु भन्न कर लगाउछौ।
यसरी शुरु भएको थियो रविको सिधाकुरा जनतासंग र त्यो दिन रविले लेखेको फेसबुक पोस्टको सार
प्रधानमन्त्रिलाई चुनौती दिदै पत्रकार रबि लामिछानेले टेलिभिजन टक शो ‘सिधा कुरा जनता संग’ सुरु गर्ने भएका छन् | आफ्नो फेसबुक स्टाटस मार्फत गुनासो सहित प्रधानमन्त्रिलाई चुनौती दिदै उनले छल र बलपुर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामग्री अब नयॉ बनाउनको लागि प्रधानमन्त्रीलाई आग्रह पनि गरेका छन् |
फेसबुकमा लेखिएको छ “ अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ। नया बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला,सहयोग गर्न तयार छौ। तर हाम्रो बौध्दिक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनु होला” | कार्यक्रम ‘सिधा कुरा जनता संग’ न्युज 24 टेलिभिजन बाट प्रशारण हुनेछ | यसै बीच कार्यक्रमको लोगो उस्तै राखिएको छ भने पत्रकार लामिछानेले कार्यक्रमको प्रोमो पनि उत्तिकै दमदार बानाएका छन् |
स्वर्गीय शुशील कोइराला प्रधानमन्त्री भएका बेलानै सुरु गर्ने भनिएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्री संग’ केपी ओली को पालाबाट सुरु भएको थियो | कार्यक्रमले छोटो समयमानै जनताको मन जित्न पनि सफल भैसकेको थियो तर प्रधानमन्त्री प्रचण्डको सरकार आएपछि उक्त कार्यक्रमको रचना गर्ने पत्रकार रबि लामिछानेलाइ नै हटाईएको थियो |
हेर्नुस आजको दमदार अनि केहि पीडादायी तीतोसत्यले भरिएको सिधाकुरा जनतासंग

