एमाले भाइले हराए कांग्रेस दाजुलाई, विजयी जुलुस भने एउटै आँगनमा

गुल्मी, नेपाली काँग्रेसबाट वडाध्यक्षका उमेदवार यमबहादुर खत्रीलाई एमाले उमेदवार एवं आफ्नै सहोदर भाइ ओभमबहादु खत्री (केसी) ले हराएका छन् ।

भाई जिसीले ११६१ मत ल्याई विजयी भएका हुन । दाजु जिसीले ९२७ मत ल्याएर भाइसँग पराजय भोगेका हुन् । दाजु जिसीले यस अघि नै रगतको नाता र राजनीति सम्वन्ध फरक भएको बताउँदै आएका छन् ।

‘हाम्रो पारिवारिक सम्वन्ध हिजो जे थियो आज पनि उस्तै छ । रातोपाटीमा खबर छ – चुनावी प्रतिष्पर्धामा भाइले जिते पनि मैले जिते पनि विजयी जुलुस हामी एउटै आँगनमासँगै मनाउछौं, यो जित हाम्रो परिवारको जित हो किन कि दुई राजनैतिक दलको रोजाईमा हाम्रो परिवार पर्नु गर्वको विषय हो ।’– दाजु जिसीले भने ।

भाइले पनि पारिवारिक सम्वन्धमा तिक्तता नभएको बताउँदै जितहार पार्टीबीचमा भएको तर दुई भाइबीचमा नभएको प्रतिक्रिया दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।