अन्तरघात गरेको आरोपमा कांग्रेस नेता पौडेललाई मोसो दलियो

नेपालगन्ज, असार २१ । कोहलपुर नगरपालिकाको मेयरमा पराजित भएपछि नेपाल तरुण दलका युवाले नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सदस्य युवराज पौडेलमाथि अभद्र व्यवहार गरेका छन्।

कोहलपुर नगरपालिका-३, मदन चोकस्थित आफ्नै घरमा बसिरहेको बेला बाहिर बोलाएर तरुण दल रझेनाका सदस्य विजय पुडासैनीको समूहले कालो मोसोको रुपमा हरियो रङ्ग मुखमा दलेर गएको पीडित पौडेलले बताउनु भयो।

मेयरका उम्मेदवार भानुभक्त भट्टराई हराउन मुख्य भूमिका खेलेको भन्दै पुडासैनीको समूहले आफूलाई अभद्रव्यवहार गर्दै हरियो मोसो दलेर भागेको उहाँले बताउनु भयो। उहाँले आफू लगायत अन्यलाई पनि मोसो दल्ने चेतावनी दिएर गएको बताउनु भयो। अन्नपूर्ण पोष्टमा खबर छ- नेपाली कांग्रेस कोहलपुरका नगर सभापति बलराम शर्माले यस विषयमा आफूलाई कुनै जानकारी नभएको उहाँको भनाइ छ।

पौडेललाई मोसो दलेको विषयमा जानकारी लिन खोज्दा शर्माले भन्नुभयो, ‘उपमेयरको विजय जुलुशमा सहभागी भएर भरखरै घर पुगेको छु, मलाई यसबारेमा कुनै जानकारी आएको छैन।’ दुव्र्यवहार गरिएका पौडेल कोहलपुरको कांग्रेसको तर्फबाट मेयरका दाबेदार समेत हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।