‘विदेश पठाउने’ भन्दै २ करोड ठगीको आरोपमा कांग्रेसका नेता शाह लगायत चार जना पक्राउ
काठमाडौ, २२ असार । बिदेश पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष ऋषिकेशजंग शाह पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनी लगायत चार जनालाई पक्राउ बुधबार गरेको हो ।
अमेरिका र जापान पठाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले शाहलाई पक्राउ गरेको हो । उनीविरुद्ध एक करोड ८६ लाख रुपैया“ ठगी गरेको आरोप छ ।
प्रहरीले शाहसहित रक्षा बैद्य, सुनिल प्रजापती, महेश्वर रातउलाई पक्राउ गरेको छ । बैद र प्रजापती श्रीमान÷श्रीमी हुन् । चारै जनालाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट बुधबार प्रहरीले थुनामा राख्ने म्याद लिएको छ । उक्त ठगी घटनाको अनुसन्धान प्रारम्भिक चरणमै रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए ।
सुरुमा पीडित, पछि अभियुक्त
कांग्रेसका नेता शाहले आफैंले एक वर्षअघि अपराध महाशाखामा आफु ठगीएको भन्दै उजुरी गरेका थिए । रिता बैद्यले आफुलाई ठगी गरेको भन्दै उनको उजुरी थियो । त्यसबेला बैद्य भारत भागेकी थिइन् । जसकारण प्रहरीले पक्राउ गर्न सकेन । हालै नेपाल आएको खुलेपछि महाशाखाको टोलीले पोखराबाट उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न शाहले नै प्रहरीमा दबाब दिएका थिए ।
‘बैद्यलाई पक्राउ गरेर अनुसन्धान गर्दा घटनाको कथा मोडियो,’ अनुसन्धानमा आबद्ध महाशाखाका एक अधिकारीले भने,‘उठाएको भन्दै करिब ७० लाख शाह आफैंले राखेको देखियो जसकारण उनलाई पनि अनुसन्धानमा तानिएको हो ।’ बैद्यले एक करोड १५ लाख रुपैया“ लिएको र बा“की पैसा शाहले नै राखेको बताइन् । अनुसन्धानले पनि केही पैसा उनले नै राखेको खुलेपछि उनी पीडितबाट अभियुक्त बनेका हुन् । शाहले भने प्रहरीले आफुलाई फसाएको आरोप लगाएका छन् ।
शाहले नै विभिन्न व्यक्तिलाई अमेरिका पठाइने भन्दै २÷२ लाखका दरले पैसा र पासपोर्ट बुझाएका थिए ।
जून कुरा शाहले स्वीकारेका छन् । अवैध रुपमा बिदेश पठाउने भन्दै पैसा उठाउनुले नै घटनामा उनको संलग्नताको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउछन् ।
पीडितहरुसमक्ष बैद्यलाई उनले अमेरिकन दुतावासमा काम गर्ने केटी भन्दै चिनाएका थिए । ठगीको उदेश्यले नै त्यसरी बैद्यलाई दुतावासको कर्मचारी बनाएर भ्रममा पारी आफुहरुस“ग पैसा लिइएको प्रहरीले जनाएको छ । बुधबारसम्म १० जनाले उनीहरुविरु४ उजुरी दिएका छन् । उनीहरुबाट करिब एक सय जना पीडित रहेको प्रहरी आ“कलन छ ।
शाह बुधबार पीडित बनेरै बुधबार महाशाखा पुगेका थिए । तर, अनुसन्धानको क्रममा ठगीमा उनकै संलग्नता देखिएपछि प्रहरीले हत्कडी लगाएको हो । तत्कालै अदालतबाट म्याद थप गरेकाले नेताहरुले छुटाउन दबाब दिएपनि उनी छुट्न सकेनन् । – durshinews बाट


