यी शिक्षकले त्यस्तो के लेखेर शेयर गरेका थिए जसको कारण एमाले नेतृ रामकुमारी झाक्रिले दिईन हातखुट्टा भाँचिदिने धम्की ?

काठमाडौं, निर्वाचन अघि गुल्मीमा भएको खुकुरी प्रहारको विषयमा स्थानीय शिक्षक बम बहादुर कुँवरलाई एमाले नेतृ रामकुमारी झाँक्रीले हातखुट्टा भाँचिदिने धम्की यतिबेला सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

एमाले नेतृ रामकुमारी झाँक्री बौद्धिक युवा नेतृका रुपमा चिनिन्छन् । तर, स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई धम्क्याएको अडियो सुन्दा उनको अर्को राजनीतिक धरातलमाथि नै प्रश्न उठ्न थालेको छ ।

एउटा चर्चीत राजनितिज्ञले धम्की दिँदा प्रयोग गरिएको शब्दहरु ‘मासमा’ सुन्नै नसकिने गरि प्रयोग गरिएका छन् । शिक्षणजस्तो गरिमामय पेसामा लागेको व्यक्तिलार्इ उनले धम्की मात्र होइन् अती तुच्छ शब्द समेत प्रयोग गरेकी छिन् ।

सामाजिक सञ्जालमा लेखिएका कुनैपनि विषयमा आफ्नो चरित्र हत्या भएको लागेमा प्रहरीलाई खबर गर्न सकिने अवस्था हुँदाहुँदै दादागिरि शैलीमा खुट्टा भाँच्ने जस्ता तल्लो स्तरका कुरा गरेर उनी आफैंले आफ्नो स्तर घटाएको आरोप उनीमाथि लाग्न थालेको छ ।

उनले टेलीफोन गरेको २ मिनेट ४८ सेकेण्ड लामो अडियोमासमेत सार्वजनिक भएको छ ।

कुवँरले फेसबुकमा इभरेस्ट खबर अनलार्इनमा कांग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार भएपछि एमाले नेतृ झाँक्री प्रहरी सुरक्षामा भन्ने समाचार शेयर गर्दै ‘सबैका आँखा फुटेका र आफुले संसार राम्रो देख्ने राष्ट्रबादी पार्टीका राष्ट्रिय नेताले आफ्नो औकात देखाउनु भयो । सलाम छ तपाइँलाई ।’ भन्ने स्टाटस लेखेका थिए ।

उनी गुल्मीको कन्के देउराली आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । कुवँर लगायतका घाइतेका आफन्तहरु प्रहरी कार्यालयमा उजुरी दिन गएपछि उनलार्इ झाँक्रीले फोन गर्दै यस्तो धम्की दिएकी हुन् । उनीहरुको उजुरीको आजसम्म कुनै सुनुवाइ नभएको शिक्षक कुवँरले नेपाल तारालार्इ बताए ।

गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा असार १४ गते बेलुका नेपाली काँग्रेसका प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएपछि प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको थियो ।

यस्तो छ उनीहरुबीचको टेलीफोन संवाद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।