विराटनगर महानगरपालिकामा कांग्रेसको सानदार जीत, पराजुली बने मेयर

मोरंग, २४ असार । विराटनगर महानगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । शनिबार मध्यरातमा आएको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका भीम पराजुली निर्वाचित भएका छन् । उपमेयरमा नेपाली कांग्रेसकै इन्दिरा कार्की इन्दु विजयी भइन् ।

दोस्रो चरणमा सम्पन्न निर्वाचन भएका तीन प्रदेशमध्येकै एउटा मात्र महानगरपालिकाको मत परिणामप्रति सवैको चासो थियो । मतदान भएको १० दिनपछि विराटनगर महानगरपालिकाको नतिजा आएको हो । प्राप्त मत परिणाम अनुसार मेयरमा निर्वाचित पराजुलीले २३ हजार ३१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याए । विराटनगरमा एमाले र फोरम लोकतान्त्रिकबीचमा मेयर र उपमेयर पदमा तालमेल भएको थियो ।

तेस्रो पोेजिसनमा रहेका संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरे । मेयर र उपमेयर पदमा संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

उपमेयरमा विजयी नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १ सय ४६ मत ल्याइन् । उनकी निकटतम् प्रतिष्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याइन् । यस्तै उमपेयरकै अर्की उम्मेदवार फोरम लोकतान्त्रिककी सूची चौधरीले १० हजार ५ सय ३६ मत प्राप्त गरिन् ।

१९ वडा रहेको विराटनगरका वडाहरुमा भने मिश्रीत परिणाम आएको छ । महानगरका ७ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने नेकपा एमालेले तीन वडामा जीत सुनिश्चित गर्यो । यस्तै संघीय समाजवादी फोरमले ६ वटा वडामा जित हासिल गर्दा माओवादी केन्द्रले एउटा वडामा जित्न सफल भयो । यस्तै बाँकी २ वडामा स्वतन्त्रबाट उम्मेदवार बनेका नेपाली कांग्रेस र नेकपा एमालेका बागी उम्मेदवारहरुले जितेका छन् । – राजधानी दैनिकबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।