सामाखुसीको भाइरल भिडियोमा चर्चा नपाएको सोहि स्थानकै अर्को सहायक दुर्घटना – भिडियो सहित

काठमाडौं। सामाखुसीको ढलमा १३ वर्षीया बालिका सत्या सापकोटा डुबेको भिडियोमा अर्को दुर्घटना पनि कैद भएको छ । तर, सत्या डुबेको मुख्य दुर्घटनामा त्यो गौण बन्यो । भाइरल भिडियोमा सत्या डुबेको देखेपछि उनलाई उद्दार गर्न आएका एक युवा पनि खाल्डोमा फसेको देखिन्छ ।

सत्या फसेको मुख्य दुर्घटनासँगै यो दुर्घटना पनि सडकमा भएको लापरबाहीले नै निम्त्याएको हो ।

भिडियोमा जब सत्या पानीमा डुब्छिन्, उनलाई बचाउन एक युवा दौडेर आउँछन् । तर, उनी सत्यासम्म पुग्न सक्दैनन् । कारण– उनको खुट्टा सडकको खाल्डोमा पर्छ र उनी त्यहीँ लड्छन् । सत्या सडकछेउ भएको नालीमा खसेकी हुन् । त्यहाँ पानी भरिएकोले उनले सडक र ढल भेउ पाउन सकिनन् र उनी खसिन् । उनलाई बचाउन गएका युवा अर्को खाल्डोमा परेका थिए जुन खाल्डो सडकमा नियमित रुपमा पैदलयात्री हिँडिरहने ठाउँमा छ ।

पानी नभरिएको सामान्य समयमा दैनिक हजारौं मानिस यही खाल्डो नाघेर हिँड्छन् । यो खाल्डो यतिसम्म जोखिमपूर्ण छ कि पानी नपरेकै अवस्थामा पनि मानिस यहाँ पर्ने गरेका ५७ सालदेखि सामाखुसी चोकमा बस्दै आएका शेरबहादुर लामा बताउँछन् । उनका अनुसार धेरै पैदलयात्रीहरु यो खाल्डोमा दुर्घटनामा परिसकेका पनि छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मात्र सम्बन्धित निकायका अधिकारीहरुलाई यस्ता जोखिमपूर्ण संरचना तत्काल मर्मत गर्न निर्देशन दिएका छन् । तर, उनको यो निर्देशन स्वस्फुर्त भन्दा पनि ‘भाइरल भएको दुर्घटना’को दबाबस्वरुप आएको प्रस्ट छ । यस्ता निर्देशन दबाब दिएपछि मात्र नभइ स्वस्फुर्त रुपमा आउनुपर्ने हो । दवावकाबीच प्रधानमन्त्रीले लिएको पहल प्रभावकारी कार्यान्वयन भए त ठिकै छ, नत्र आँखामा छारो हाल्ने सिवाय केही हुनेवाला छैन।

https://youtu.be/itvHNCeI31I



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।