यस्तो समाचार बाहिरिए पछि ओलीले भने,- मैले गुप्तचर संस्था ‘रअ’का प्रतिनिधि भेटेको छैन (भिडियो सहित)
ओलीले चिनमा भारतिय गुप्तचर ‘रअ’का मान्छे भेटेको खुलासा ! किन भेटे ओलीले भारतिय गुप्तचरलाई !
https://youtu.be/X0hkuehphE8
यस्तो समाचार बाहिरिए पछि ओलीले भने,- मैले गुप्तचर संस्था ‘रअ’का प्रतिनिधि भेटेको छैन
एमालेका अध्यक्ष केपी ओलीले बैंककमा आफूले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिहरूसँग भेट नगरेको स्पष्ट पार्नुभएको छ ।
कान्तिपुर दैनिकलाई आइतबारको अंकका लागि दिनुभएको आफ्नो अन्तर्वार्तामा अध्यक्ष ओलीले ‘रअ’का प्रतिनिधिसँग भेट गरेको आरोपको खण्डन गर्नुभएको हो । केही सञ्चारमाध्यमहरूले एमाले अध्यक्ष ओलीले ‘रअ’का प्रतिनिधि भेट्न बैंकक गएको भनेर समाचार छापेका थिए ।
‘केही अघि म पेटको अपरेसन गराउन बैंकक गएँ । यहाँ केही घटिया तत्वहरूले ‘रअ’ को मान्छेलाई भेट्न गएको पनि भने’, ओलीले
अन्तर्वार्तामा भन्नुभएको छ, ‘कम्तीमा यति त थाहा पाउनुपर्ने हो– एउटा देशको एउटा संस्थाको कोही मान्छेलाई भेट्न विदेश–विदेशसम्म केपी ओली कुद्दैन ।’
‘चाकडी बजाउन दूतावास–दूतावास धाउने वा दूतावासको कर्मचारीका टेलिफोनलाई आदेश मानेर शिरोधार्य गर्ने वा कुनै निकायका व्यक्तिसँग भेट्न लुकेर विदेश जाने– त्यस्ता सोँच र क्रियाकलापभित्र केपी ओली हुँदैन भन्ने सबै नेपालीलाई थाहा छ’, उहाँले भन्नुभएको छ ।
‘त्यस्तो हल्ला चलाउने स्रोत र त्यसका बाहकलाई पनि त्यो थाहा नभएको होइन’, ओलीले भन्नुभएको छ, ‘यस्तो हल्ला परिकल्पना र षड्यन्त्र मात्र हो । यसपल्ट पनि मैले कुनै ‘गोप्य’ गर्नुपर्ने कुरै थिएन र छैन ।’


