संशोधन प्रस्ताव अब प्रक्रियामा अघि बढ्छ, हामी अवरोध गर्दैनौं, तर पारित गर्न दिँदैनौं : ओली
दुवै निर्वाचन एकै पटक गर्ने सहमति, मंसिर ४ गतेलाई तय भयो मिति
काठमाडौं, १ भदौ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नको लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र, र निर्वाचन आयोगवीच सहमति भएको रिपोर्टर्सक्लबमा खबर छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको तीन दल र निर्वाचन आयोगका पदाधिकारी सम्मिलित बैठकमा यस्तो सहमति भएको हो । तीन दल र आयोगवीच भएको सहमति अनुसार उच्च हिमाली र पहाडी जिल्ला गरि ३१ जिल्लामा मंसिर ४ गते नै निर्वाचन गर्नेगरि सहमति भएको हो ।
बैठकबाट बाहिरिने क्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भने,“भोलि वा पर्सीभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्छ, दुवै निर्वाचन एकै चरणमा गर्नेबारे सहमति भएको छ।”
त्यस्तै बाँकी जिल्लामा मंसिर २० वा २१ गते निर्वाचन हुने भएको छ । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव प्रक्रियामा जाने जनाए । उनले भने,“संशोधन प्रस्ताव अब प्रक्रियाम अघि बढ्छ, हामी अवरोध गर्दैनौं, तर पारित गर्न दिँदैनौं ।”


