देउवालाई भेट्न हतारीए मोदी ! गरे एकदिन अगावै देउवासँग ‘वान टू वान’ वार्ता !
काठमाडौ, भदौ ७ । भारतको ५ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय समकक्षी नरेन्द्र मोदीले आकस्मिक भेटवार्ता गरेका छन् ।

देउवा र मोदीबीच बिहिबारमात्रै औपचारिक भेट गर्ने कार्यतालिका थियो तर, मोदीले निर्धारित समयभन्दा एकदिन अगावै देउवासँग वान टू वान वार्ता गरेकाहुन् । प्रधानमन्त्री देउवासँगको भेटबारे मोदीले ट्वीट गरेर तस्वीर सार्वजनिक गरेका हुन् ।
मोदीसँगको भेटवार्ताका लागि उनी बुधबार दिउँसो साढे पाँच बजे भारतीय प्रधानमन्त्री निवास सेभेन रेशकोर्ष पुगेका थिए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार उक्त भेटवार्ता एक्ला एक्लै भएको थियो । भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमा प्रधानमन्त्री देउवालाई स्वागत गर्दै भोलीको बिहीबार बिस्तृत भेटवार्ताको प्रतिक्षामा रहेको उल्लेख गरेका छन् ।
देउवा भारत भ्रमणमा निस्कनु भन्दा अघि चिनियाँ राजदूतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए भने उता केहीदिन अघि मात्र चिनियाँ उपप्रधानमन्त्री नेपालको तीनदिने भ्रमणमा आएका थिए ।
दोक्लम विवादमा नेपाली तटस्थ रहेकामा चीनले नेपालको प्रशंसा गरेको छ भने भारतले भने असन्तुष्टि जनाएको छ । भारत भ्रमणमा निर्धारित समयअगावै देउवालाई भेट्नमोदी हतारिनु यीनै कारण रहेको अड्कल पनिहुन थालेको छ ।
मोदीले देउवाको भ्रमण सेड्युल
प्रधानमन्त्रीको भ्रमणमा खटिएका भारतीय अधिकारीहरु मार्फत लिएका थिए । त्यसपछि केही समय निकालेर मोदीले भेटेका हुन् । वान टू वान वार्तामा भएको कुराकानीबारे सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमणका लागि बुधबार बिहान भारततर्फ प्रस्थान गरेका थिए ।


