नेपाल आइडलको बिजेता को हुन्छ ? – नेपाली ‘गुगल ब्वाई’ आदित्य दाहालले गरे सनसनीपूर्ण भविष्यवाणी…

काठमाडौँ, १२ भदौ । नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन ।

अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले यस्तो भविष्यवाणी गरे पछी उनको पुन: चर्चा हुन थालेको छ । उनले ‘नेपाल आइडलको बिजेता निशान भट्टराई हुन्छ’ भनेर कपिमा लेखेर आफ्नो भविष्यवाणी गरेका हुन् ।

नेपाल आइडल नेपाली रियालिटी शो मध्य कै सबै भन्दा ठुलो पुरष्कार राशिको शो हो । बिजेताले २० लाख रुपैयाको साथमा महिन्द्र केयुभी १०० कार पनि प्राप्त गर्ने छ । बिजेताले मात्र हैन फस्ट रनर अपले १५ लाख रुपैया र सेकेन्ड रनरअपले पनि १० लाख रुपैया पुरष्कार राशि प्राप्त गर्ने छ ।

हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै अहिले टप ४ मा आइ पुगेका प्रतिष्पर्धीहरु हुन् – सागर आले, निशान भट्टराइ, बुद्द लामा र प्रताप दास । आदित्य दाहालको भविश्यवाणी सहि होला या नहोला त्यो त भविष्यले नै बताउला तर तपाइँ भने प्रतिभाशालीलाई आइडल बनाउन भोट गर्नु होला ।

को हुन् आदित्य दाहाल ?

झापाका शेषराज र ईश्वरा दाहालका छोरा हुन आदित्य । २०६७ मा जन्मेका उनी अहिले ७ बर्षका भए। बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन् । विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो । त्यसपछि उनका धेरै अनुयायी बन्दै गएका छन् । त्यसमध्ये धेरै नेताहरूसमेत बालक दाहालको क्षमताबाट प्रभावित छन् ।

आदित्यले लेख्ने कतिपय शब्द र तीनका भाव सामान्य व्यक्तिलाई बुझ्न पनि कठिन हुन्छन् । उनले नेपाली र अंग्रेजी मात्र होइन, जापानी, चाइनिज रसियन लगायतका भाषामा समेत लेखेर सबैलाई चकित तुल्याएका छन् । दैवीशक्तिमा विश्वास नगर्नेहरुका लागि भीमकाय प्रश्नवाचक चिन्ह बनेर उभिएका छन् आदित्य । – साझा पेजबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖