एमाले धनकुटाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम

धनकुटा खबर,१ असोज । नेकपा एमाले जिल्ला कमिटि धनकुटाको विस्तारित वैठक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटि धनकुटाको आयोजनामा भएको वैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं प्रदेश न.१ का सहसंयोजक शेरधन राईले गर्नुभएको छ ।

दुई दिन सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटि सल्लाहाकार धर्मराज पौडेलले आर्थिक तथा सामाजिक रुपान्तरणमा पार्टीको भुमिको वारेमा, ईन्द्रमणि पराजुलीले संघ र प्रदेशको निर्वाचन रणनितिको वारेमा प्रशिक्षण दिनुभएको छ ।

यसैगरि नेकपा एमाले जिल्ला कमिटि धनकुटाका उपाध्यक्ष दुर्गा लिङ्गखाले निर्वाचित जनप्रतिनिधिहरुको काम, कर्तव्य र दायित्वको वारेमा, नेकपा एमाले जिल्ला कमिटि धनकुटाका सचिव सुरेन्द्र पौडेलले धनकुटा जिल्लाको समृद्धिको लागी गुरु योजना र प्रचार विभाग प्रमुख नैन विश्वकर्माले प्रगतिशिल आरक्षण र यसको कार्यान्वयन प्रक्रियाको वारेमा प्रशिक्षण दिनुभएको छ ।

सो अवसरमा स्थानिय तह निर्वाचनको समेत समिक्षा गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा विस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।