धनकुटा बजारमा सवारी पार्किङ्ग स्थल निर्माण
धनकुटा खबर । ब्यबस्थित पाकिङ्ग गरी सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यालयले धनकुटा बजार क्षेत्रमा सवारी पार्किङ्ग स्थलका बनाउन शुरु गरेको छ ।

उद्योग बाणिज्य संघ धनकुटा र धनकुटा बजार ब्यबस्थापन समिति र जिल्ला प्रहरी कार्यालयको संयुक्त सहकार्यमा मोटरसाईकल र साना सवारी पार्किङ्ग क्षेत्र निर्माण गरिएको हो ।

उक्त पार्किङ्ग स्थल निर्माण पछि धनकुटा बजारको अब्यबस्थित पार्किङ्गमा सुधार भई बजारबासीको ब्यबसाय सन्चालनमा समेत सहजता आउने प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।


