राष्ट्रसेवक बहुमुखि सहकारी संस्था धनकुटाको साधारणसभा सम्पन्न
धनकुटा खबर । राष्ट्रसेवक बहुमुखि सहकारी संस्था धनकुटाको १८ औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ ।
सहकारी संस्थामा गत आर्थिक वर्षमा सवैभन्दा धेरै शेयर जम्मा गर्नुहुने मोहमद ईनुस रायन र लिला प्रधानलाई उत्कृष्ठ शेयरकर्ताको रुपमा पुरस्कृत गरिएको छ । यसैगरि सवैभन्दा धेरै मासिक वचत गर्ने चित्रकुमार सुवाल र तारा दाहाल वस्नेत, सवैभन्दा धेरै ऐच्छिक वचत गर्ने रोमिला कार्की र नारायण चापाँगाई, सवैभन्दा वढि ब्याज तिर्ने ईन्द्रवहादुर श्रेष्ठ र लक्ष्मीकुमारी सुवेदीलाई पुरस्कृत गरिएको छ ।
राष्ट्रसेवक बहुमुखि सहकारी संस्था धनकुटा अध्यक्ष कमलकुमार लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वोल्नुहुदै जिल्ला समन्व्य समिति धनकुटाका प्रमुख टंकवहादुर चुहानले देशको आर्थिक विकासमा सहकारी संस्थाको भुमिका महत्वपुर्ण रहेको वताउनुभयो ।
उहाँले सहकारी संस्थाले क्रण लगानी गर्दा रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय निर्वाचन आयोग संयोजक जयराम श्रेष्ठ,धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेत,नेपाल निजामति कर्मचारी संगठन सुनसरी अध्यक्ष भवानी प्रसाद धमला,मोरङ्ग अध्यक्ष जिवन काफ्ले,जिल्ला सहकारी संघ धनकुटाका उपाध्यक्ष रेणु श्रेष्ठ,धनकुटा वचत तथा क्रण सहकारी संस्थाका उपाध्यक्ष खेम घिमिरे लगायतले वोल्नुभएको थियो । उद्घाटन कार्यक्रमका सहकारी संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन उपाध्यक्ष नारायणप्रसाद खनालले गर्नुभएको थियो ।

