आपुर्तिमन्त्री शिवकुमार मण्डलले भने,- जनतालाई दुःख दिनेलाई तह लगाउँछु
काठमाडौं । आपुर्तिमन्त्री शिवकुमार मण्डलले आपुर्ती तथा खाद्यान्नमा मुल्य नियन्त्रणमा कुनैपनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उहाले जनता महँगीको शिकार हुने र व्यवसायीहरु रातारात धनी बन्ने कुरालाई निरुत्साहित पार्नको लागि दशैं, तिहार तथा छठको बेला बजार अनुगमनलाई आफूहरुले कडा पारेको बताए ।
उपभोक्ताको माग अनुसार मन्त्रालय अन्तर्गतका संस्थानहरुले सुपथ मूल्यका पसलहरु अहिले सञ्चालन गरेको जानकारी दिँदै मन्त्री मण्डलले कानुनको पालना नगर्ने, राज्यलाई कर नर्तिने त्यस्ता व्यवसायीहरुलाई मन्त्रालयले कानुन छ भन्ने अनुभुत गर्नको लागि निरन्तर अनुगमन गर्ने बताए।
त्यस्तै मन्त्री मण्डलले उपभोक्ताले पैसा तिरे अनुसारको गुणस्तरयूक्त बस्तु उपलब्ध नगराउने जो कोही ब्यापारीलाई कारबाही गर्ने समेत चेतावनी दिए ।उनले मुलुक संघीय संरचनामा गईसकेको बताउँदै मन्त्री मण्डलले ७ वटै प्रदेशमा आपुर्ति विभाग खडा गरेर जनतालाई दुःख दिनेलाई तह लगाउनुे मिसनमा सरकार लागिरहेको बताए ।


