संघियताको महशुस भएन : प्रशासन मन्त्रि
धनकुटा खबर । सामान्य प्रशासन मन्त्रि टेकबहादुर बस्नेतले स्थानिय तहमा कर्मचारी अभाव भएका कारण ग्रामिण क्षेत्रका सर्ब साधारणले संघियताको महसुस गर्न नपाएको बताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल धनकुटा शाखाले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनु भएको हो ।
हाल स्थानिय तहमा न्युनतम १६ हजार कर्मचारी आबश्यक भएपनि नौ हजार मात्र खटिएको बताउनु भयो ।
कर्मचारी अभाककै कारण स्थानिय तह वाट पाउने सेवा सुबिधा नपाएका कारण ग्रामिण क्षेत्रका जनताले सरकारले सोचे जस्तो गाँउगाँउमा सिहंदरवारको महसुस गर्न नपाएको उहाको जिकीर थियो ।
संख्या अभावमा स्थानीयतहमा कर्मचारी ब्यबस्थापन जटिल बनेको भन्दै मन्त्री बस्नेतले अप्ठेरो बुझेर तोकिएको ठाउँमा हाजिर भइ सेवाप्रवाह गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।
स्थानीयतहमा जग्गा खरिद, भवन निर्माण, सवारी साधन लगायत आबश्यक पूर्वाधारका लागि पर्याप्त बजेट पठाइसकिएकाले यस्ता बिषयलाई निहुँ बनाएर जिम्मेवारीबाट पन्छिन खोज्ने कर्मचारीलाई मन्त्रालयले कारबाहि गर्ने उहाँको भनाई थियो ।

