सहिद भीमनारायणको कुरा गर्दा धनकुटेली सामु किन भक्कानिए रञ्जित ?

धनकुटा खबर / काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य ध्यानगोविन्द रञ्जित बोल्न सुरु गरेको १ मिनेट क भएको थियो, उनी भक्कानिए । तपक्क आँसु खसाले । उनी भक्कानिँदा धनकुटेलीहरु निक्कै भावुक बने । रञ्जितले जब ‘म र भीमनारायण श्रेष्ठ सँगै जेल बसेका थियौं’ शब्द निकाले, उनी निक्कै भावुक बने ।

नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लबमा शनिवार आयोजना गरेको विजय दशमी, तिहार, छट तथा नेपाल सम्बतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा रञ्जितले भीमनारायण श्रेष्ठसँग आफु पनि सँगै जेल बसेको स्मरण गर्दा आँसु खसालेका थिए । उनी झण्डै एक मिनेटसम्म त शब्दबिहीन बनेका थिए ।

उनले आफुसँग जेलमा बस्दा भेट भएको र पछि उहाँ सहिद भएको सुन्दा आफु निक्कै चिन्तित भएको बताए । उनले भने, ‘जेलमा भेट भएको थियो, पछि उहाँकी बहिनीसँग बबरमहलमा भेट हुँदा मात्रै उहाँबारे धेरै जानेको हुँ ।’

उनले सहिद भीमनारायण श्रेष्ठले देखाएको बाटो धनकुटेली जनता र समग्र नेपाली कांग्रेसले हिड्न सक्नुपर्नेमा जोड दिएका थिए ।

उनले प्रदेश नं. २ बाट प्राप्त नतिजा सन्तोषजनक रहे पनि त्यसलाई सफलता मान्न नसकिने बताए । ‘अहिलेको अवस्था हेर्दा २ नं. प्रदेशमा नेपाली कांग्रेसले राम्रै जित हात पारेको छ, त्यसलाई राम्रो मान्न सकिन्छ’ उनले भने, ‘तर, त्यसलाई जित मान्न र स्वीकार गर्न नेपाली कांग्रेसले आगामी प्रदेश निर्वाचनमा त्यसरी नै जित्न सक्नुपर्छ ।’

सो कार्यक्रममा सहिद भीमनारायण श्रेष्ठ पुत्र नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति मनोहरनारायण श्रेष्ठले धनकुटामा नेपाली कांग्रेसको पराजय आफ्नै पार्टीचित्रको आन्तरिक कलहका कारणले भएको बताए । उनले आगामी दिनमा विगतका कलहलाई त्यागेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका अध्यक्ष भीम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका नेताहरु गोपालप्रसाद अधिकारी, निर्मल ओझा, प्रा. रेवतीप्रसाद दाहाल, गणेशप्रसाद निरौला, रामजी कुन्जेन, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली लगायतले शुभकामना दिँदै आगामी प्रदेशको निर्वाचनमा तन मनले सफल बनाउन लाग्न आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।