नेपाली कांग्रेस जिल्ला कमिटी धनकुटाको निष्कर्ष : पाख्रीबासमा हार बेहोरे पनि नीतिगत हिसाबमा हार भएको छैन
धनकुटा खबर । नेपाली कांग्रेस जिल्ला कमिटी धनकुटाको आयोजनामा आज पाख्रीवास नगरपालिमा २ नं क्षेत्र स्तरिय समिक्षा वैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षता तथा सांसद अञ्जना ताम्लीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय तहको निर्वाचनमा पार्टीले पाख्रीवास नगरपालिकामा हार वेहोरे पनि त्यो नीतिगत हिसावले हेर्दा हार नभएको निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्यहरु ज्ञान वहाद’र गुरुङ,गोरख वहादुर पीठाकोटे,तरुण दल क्षेत्रीय अध्यक्ष तीलक महत,पार्टीका क्षेत्रीय सदस्य देवेन्द्र पौडेल नगर कमिटी सभापति कोपीन्द्र मानन्धर लगायतकाले दशै, तिहार, छठ तथा अन्य चाड पर्वको शुभकामना मन्तव्य राखेको भूपु सैनिक संघ क्षेत्र नं २ का सभापति श्याम प्रकाश राईले जानकारी दिनुभयो ।

