धनकुटामा बार्षिक १४ हजार मेट्रिक टन दुध उत्पादन

बार्षिक २९ करोडको दुध निर्यात

असोज ९,धनकुटा । धनकुटाको दुध उत्पादनमा बृद्धि भएर बार्षिक दुध उत्पादन १४ हजार मेट्रिकटनको नजिक पुगेको छ । यो उत्पादन अघिल्लो २ बर्ष भन्दा बार्षिक ६ सय मेट्रिक टनले बढी हो ।

आर्थिक बर्ष ०७१/०७२ र ०७२/०७३ मा साढे १२ हजार मेट्रिकटन उत्पादन रहेको धनकुटामा चालु आर्थिक बर्ष ०७३/०७४ मा दुधको उत्पादन १३ हजार ८३ मेट्रिकटन उत्पादन पुगेको जिल्ला पशु कार्यालय धनकुटाको तथ्यांक छ ।

तस्वीर : धनकुटाको हिले स्थित तराई तर्फ दुध लानुपूर्व टंकीमा दुध भर्दै

अघिल्लो आर्थिक बर्ष मा १२ हजार ४ सय ६२ मेट्रिकटन र गत आर्थिक बर्षमा १२ हजार ४९ सय ६ मेट्रिकटन दुध उत्पादन भएको थियो ।

जिल्लामा पशुपालनको ब्यसायिक पालनको शुरुवात संगै किसानहरुले उन्नत जातको गाईभैसी पाल्ने क्रम बढेपछि दुधको उत्पादनमा समेत बृद्धि भएको कार्यालयका प्राविधिक पुष्पराज दाहालले जानकारी दिए ।

गएको २ बर्ष अघि प्रति लिटर ४० रुपैया दुुधको मूल्य रहेको धनकुटामा हाल किसानहरुले प्रति लिटर ४५ रुपैंया सम्म पाउने गरेका छन् । जिल्लामा उत्पादन भएको ५० प्रतिशत दुध आन्तरिक खपत र ५० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको पशु कार्यालयले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षमा ५२ करोड ३३ लाख २० हजार बरावरको दुध उत्पादन भएको धनकुटाबाट २९ करोड ४३ लाख ६८ हजार बराबरको ६ हजार ५ सय ४२ मेट्रिकटन दुध निकासी भएको कार्यालयको तथ्यांक छ । दैनिक १६ लाख ६५ हजार बरावरको ३७ मेट्रिकटन दुध उत्पादन हने धनकुटामा जिल्ला बाहिर ८ लाख ३२ हजार दुध निकासी हुने गरेको छ ।

धनकुटाको यो दुध उत्पादन २०७६ साल सम्ममा जिल्लालाई आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष नजिक रहेको छ । १ लाख ६१ हजार ३९ हजार ९ जनसंख्या रहेको धनकुटामा नेपाल सरकारको मापदण्ड अनुसार प्रति ब्यक्ति ९१ लिटरका दरले १४ हजार ६ सय ८७ मेट्रिकटन दुध आवश्यक छ । यद्यपी ५० प्रतिशत दुध जिल्ला बाहिर जाने र देश नयां संरचनामा गएपछि चालु आव देखि पशुपालनमा बजेट कटौती भएकाले लक्ष हाँसिल नहुने निमित्त कार्यालय प्रमुख झविन्द्र मरासिनीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।