संविधान कार्यन्वयनका लागि अब हुने निर्वाचनमा एमालेले जित्नुपर्छ : सांसद टिकाराम चेम्जोङ्ग
नेपाल स्वतन्त्र यातायात मजदुर संगठन हिलेद्वारा शुभकामना आदान प्रदान
धनकुटा खबर । नेपाल स्वतन्त्र यातायात मजदुर संगठन हिलेको आयोजनामा आज हिलेमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष सिंह तितुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राईले सूरक्षा समृद्धीका लागि धनकुटामा चाडै यात्रुमैत्री व्यवहार हार्दिक्ता अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले यो अभियान उपत्यकावाट शूरु भईसकेको वताउदै सडक यातायात न्यूनिकरणका लागि यातायात व्यवसायी,चालक एवम् यातायात मजदुरहरु यात्रुमैत्री हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यस्तै सांसद टिकाराम चेम्जोङ्गले अहिले वनेको संविधानमा सवै जातजाती हकअधिकार समेटिएको बताउदै ती अधिकार कार्यन्वयन गर्नका लागि अब हुने प्रदेश र संघको निर्वाचनमा नेकपा एमालेले जित्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित केन्द्रिय अध्यक्ष भीम राइर्, सदस्यहरु टिका घिमिरे, धिरेन थीङ्गलाई ढाका टोपी ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई, संगठनका अञ्चल अध्यक्ष गौरी लामा,प्रदेश नं १ का सल्लाहकार कमिटि सदस्य ईन्द्र पराजुली, जिल्ला समन्वय समितिका संयोजक टंक चौहान उद्योग वाणीज्य संघका अध्यक्ष उमेश घिमिरे, पार्टीका जिल्ला सचिवालय सदस्य तथा वडाध्यक्ष निरेन तामाङ्ग, छथरजोरपार्टी गाउँपालिकाका सचिव गणेश थापा लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।


