धनकुटाको बिश्रान्ती बृद्धाश्रामका बृद्धबृद्धाले एकअर्कालाई टिका लगाएर मनाए बडादशैं !

धनकुटा खबर । आफ्ना परिवारवाट अपहेलित भएका तथा परीवार गुमाएर धनकुटाको बिश्रान्ती बृद्धाश्राममा बसोवास गदै आएका बृद्धबृद्धाले एकअर्कालाई टिका लगाईदिएर बडादशैं मनाएका छन् ।

नेपालीहरुको महान चार्ड बडादशैको अबसरमा आफ्नो परीवारवाट अपहेलीत तथा परीवार गुमाएर धनकुटाको बिश्रान्ती बृद्धाश्राममा बसोवास गदै आएका बृद्धबृद्धाले एक अर्कालाइ टिका जमारा र आर्षिवाद दिएर मनाएका हुन् ।

तर उनीहरुले आफ्नो परीवार गुमाएर आश्राम पुगेका बृद्धबृद्धा भने बाल्यकालमा तथा आफन्त र परीवारजन सग रमाएको क्षण बिर्र्सन सकेका छैनन् ।

परीवारवाट अपहेलीत भएर आश्राम सम्म पुगको बृद्धबृद्धा आफुहरु आश्राममै निकै खुसीका साथ दशै मनाउने गरेको आश्रमका सचिव जनादर्न घिमिरेले बताउनुभयो ।

परीवार सहित आफ्ना आफन्तवाट समेत टाठा भएका बृद्धबृद्धा दाताहरुले दिएको एक सरो लुगा लगाएर र मिठो नमिठो जेजस्तो भएपनि खाएर, भजन किर्तन गरी टिका लगाएर समुहमै दशै मनाउने गरेको छन् । हाल बृद्धाश्राममा ४८ बृद्धबृद्धा रहदै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।