नेपाली सेनामा २७ सय पदमा जागिर खुल्यो, सिपाहीदेखि सिकर्मी र ड्राइभर सम्म माग

काठमाडौं । नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ । सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो । जंगी अड्डाा अन्तरगत मात्र विभिन्न ५ सय ९४ पदमा दरखास्त आह्वान गरिएको छ । विभिन्न पदका लागि छुट्टा-छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदमा धेरै जना माग गरेको छ । यस्तै अमल्दार कुचिकार, ड्राइभर, लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा पनि सेनामा जागिर खुलेको छ । यी पदमाहरु आवदेन दिन कार्तिक २० गतेसम्मको सीमा दिइएको छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् । विज्ञापन हेर्नुस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।