धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन संघर्ष शुरु
धनकुटा खबर । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन धनकुटा बजार ब्यबस्थापन समितिले संघर्ष शुरु गनेृ भएको छ ।
समितिका अध्यक्ष बिप्लव श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संघर्षको पहिलो कार्यक्रम अन्तर्गत समितिले भोली क्षेत्रीय प्रशासन कार्यालय मार्फत् नेपाल सरकारलाई ज्ञापन पत्र पठाउने भएको छ ।
ज्ञापन पत्र पछि राजनैतिक दल तथा सरोकारवालाहरुको सुझावका आधारमा संघर्षका कार्यक्रमहरु तय गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
बिकास तथा भौतिक संरचनाका आधारमा राजधानीको लागि धनकुटा उपयुक्त भएपनि केन्द्रमा पहुंचका कमी भएका कारण धनकुटा राजधानी तोक्न ढिलाई भएको समितिको निष्कर्ष छ ।


