गठबन्धनको उमेद्वारीमा उद्योग मन्त्री सुनिल थापको दाबी

धनकुटा खबर । आगामी केन्दीय तहको चुनावका लागि लोकतान्त्रीक गठबन्धनको तर्फबाट धनकुटाबाट उमेद्धारको लागि आफ्नो दाबी रहेको राप्रपाका महामन्त्री सुनिल बहादुर थापाले बताउनु भएको छ ।

रिपोटर्स क्ल्व धनकुटा शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अहिले आफ्नो नाम सिफारिस नभएपनि आफू उमेद्धारको लागि तयार रहेको थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘यस क्षेत्रबाट मैले बिगतमा प्रत्यक्ष चुनावमा बिजयी भएकोले पनि मेरो दाबी रहेको छ ।’

उद्योग मन्त्री समेत रहेका थापाले बर्तमा गठबन्धन आगामी दिनमा नेपाली राजनीतिलाई ‘टु पार्टी स्टिम’मा लगेर देशलाई समृद्ध बनाउने अवसर र चुनौको रुपमा रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा थापाले देशभरी कृषिमा आधारित एग्रो उद्योगहरु सन्चालन गर्न मन्त्रालयले काम शुरु गरेको जानकारी दिनुभयो ।

मन्त्रायलले निर्णय पारित गरिसकेकोले उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनको लागि अध्ययन टोली खटाउने अन्तिम तयारी भईसकेको उहाँले बताउनुभयो ।

पार्टी प्रशिक्षणका लागि धनकुटा आउनुभएका थापाले थापाले थापाले धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन संधै आफ्नो पहलकदमी रहने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।