५ बर्ष पछि नेपाली चिया जन्मिने !
धनकुटा खबर । अब ५ बर्ष पछि नेपालको आफ्नै चिया जात तयार हुने भएको छ ।
धनकुटाको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिबास स्थित राष्ट्रिय व्यवसायिक कृषि कार्यक्रमले अनुसन्धान शुरु थालेपछि अब नेपालमा आफ्नै चिया जात तयार हुने देखिएको हो ।

तस्वीर : अनुसन्धाका लागि प्रशोधन भईरहेको देखाउँदै अनुसन्धानका एक कर्मचारी
१० बर्ष सम्म कुनै काम गर्न नसकेको केन्द्रबाट गत सालबाट अलग भएर नेपाल कृषि अनुसन्धान परिषद् अन्र्तगत छुट्टै कार्यालय स्थापना गरिएको कार्यक्रमले असारबाट उक्त अनुसन्धान शुरु गरेको छ ।
कार्यक्रमले ईलेक्टोनिक ड्रायर र रोलिङ्ग मेसिन राखेर अर्थोडक्स चियाको गुण परिक्षण संगै अनुसन्धान शुरु गरेको कार्यलयका निमित्त प्रमुख महेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
१० लाखको लागतमा ३६ केजी हरीयो चिया प्रशोधन गर्न सक्ने उक्त मेसिनले धनकुटा र बिभिन्न जिल्लामा उत्पादन भएका चियाको गुणको बारेमा अनुसन्धान गर्ने यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘यो अनुसन्धानले आफ्नै गुण र जात भएको नेपाली चिया उत्पादन गर्नेछ ।’
आवश्यक दरबन्दी पुराभए अनुसन्धानले आगमी ५ बर्ष भित्रमा चियाको आफ्नै जात तयार गरेर बिश्व बजारमा नेपाली चियाको जात नभएर भएको समस्यालाई समधान गर्ने यादवको भनाई छ ।
१६ जनाको दरबन्दीमा हाल ७ जनाले धनकुटा र ईलामको ३ स्थानमा अर्थोडक्स चियाको अनुसन्धानमा शुरु गरेको कार्यक्रममले जानकारी दिएको छ ।
‘दरबन्दी पुरा भएपछि आगामी दिनमा झापाको सिटिसी चिया र आवश्यकता अनुसार देशभरीको चियामा अनसुन्धान गर्नेछौं’– यादवले बताउनुभयो ।
बि.स.२०३९ सालबाट तत्कालिन राजा वीरेन्द्रले चिया क्षेत्र घोषणा गरेका पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा हाल १४ हजार ७ सय ३२ हेक्टरमा व्यबसायीक चिया खेती हुदै आएको छ ।
जसमा धनकुटामा ५ सय १४ हेक्टरमा चिया चिया खेती रहेको कफी बोर्ड हिलेको तथ्यांक छ ।
हाल नेपाली चियाको आफ्ै जात नहुंदा नेपालबाट बिश्व बजारमा जाने चिया दाजिलिङ्ग,तिब्बत चियाको नाममा निर्यात् हुनेगरेको छ ।


