धनकुटामा ११ दलले गरे मनोनयन दर्ता !, हेर्नुहोस् कुन दलबाट को परे ?
धनकुटा खबर । आसन्न मंसिर २१ को प्रतिनिधि र प्रदेश सभा निर्बाचनको लागि धनकुटामा ११ दलवाट २१ उमेद्वारले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधि सभा अन्तरगत एक र प्रदेश सभा अन्तरगत दुई निर्बाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभामा ७ दलले मनोनयन दर्ता गराएका छन् ।

बाम गठबन्धनको तर्फवाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनको तर्फवाट राप्रपा प्रजातान्त्रीकका महा मन्त्री तथा उद्योग मन्त्री सुनिल बहादुर थापा लगाएत अन्य ५ जनाले मनोनयन दर्ता गराएका छन् ।
यता प्रदेश सभाको लागि भने प्रदेश १(क) मा ८ र २(ख) मा ६ दलले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन आयुक्त बिनोद कुमार पोखरेले जानकारी दिएका छन् ।
धनकुटामा एमाले र माओवादी वाम गठबन्धनको रुपमा मिलेका छन भने नेपाली कांग्रेस, राप्रपा प्रजातान्त्रीक र संघिय समाजवादी फोरम प्रजातान्त्रीक गठबन्धनमा रहेका छन् ।
१ लाख ५ हजार १ सय ८८ मतदाता रहेको धनकुटामा १ सय ५३ केन्द्रमा १ सय १७ निर्वाचन स्थल रहेका छन् ।
धनकुटाबाट उमेद्वारी दिने पार्टी तथा ब्यक्तिहरुको विवरण

क्र.सं.पार्टी तथा गठबन्धनप्रतिनीधि सभाप्रदेश सभा
क्षेत्र नं. १क्षेत्र नं.२
१. बाम गठबन्धन–नेकपा एमाले
राजेन्द्र राई, निरन राई, ईनद्रमणिपराजुली
२. लोकतान्त्रीक गठबन्धन
सुनिल बहादुर थापा–राप्रपा प्रजातान्त्रीक, मनोहर नारायण श्रेष्ठ–नेपाली कांगे्रस, अर्जुन थापा–संघिय समाजवादी
३. मंगोल नेशनल अर्गनाईजेशन
श्याम मान राई
४. एकिकृत राष्ट्रिय प्रजातान्त्रीक पार्टी राष्ट्रबादी
सुभान सिंह राई, ज्ञानबहादुर बिष्ट, दाजङबो शेर्पा
५. राष्ट्रिय जनमुक्ति
ईन्द्र बहादुर रसाईली
६. नेमकिपा
माधव प्रसाद पोखरेल, जीवन पोखरेल, दुर्गमान थापा
७. संघिय लोकतान्त्रीक राष्ट्रिय मन्च
चन्द्रसिंह नेम्वाङ्ग(लिम्बु), क्षेत्रबहादुर लिम्बु, बालकुमार ताम्ली
८. राप्रपा
चक्रबहादुर बुढाथोकी
९. राजपा
खगेन्द्र प्रसाद राई
१०. जनप्रजातान्त्रिक नेपाल
सोमबहादुर राई
११. नेपाली कांग्रेस बिपी
बिकास तामाङ्ग


