धनकुटाबाट २ उमेद्ववारले नाम फिर्ता लिए
धनकुटा खबर । आसन्न मंसिर २१ गतेको निर्वाचनका लागि धनकुटाबाट उमेद्वारी दिएका दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता गराउनेमा नेपाल किसान मजदुर पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य माधव पोखरेल र प्रदेश सभाका लागि क्षेत्र नम्वर १ बाट उमेद्वारी दिएका जीवन पोखरेल रहेका छन् ।
२ जनाको उमेद्वारी फिर्ता संगै प्रतिनिधि सभामा ७ र प्रदेश सभा १३ दलबाट १९ जनाको उम्मेदवारी कायम भएको जिल्ला निर्बाचन कार्यालय धनकुटाले जनाएको छ ।
आसन्न निर्वाचनका लागि १ लाख ५ हजार १ सय ८८ जनाले मतदाता रहेको कार्यालयको तथ्यांक छ ।


