६ करोड पुग्यो सुलभ सहकारीको लगानी !
धनकुटा खबर । धनकुटाकै उत्कृष्ट सहकारी शुलभ बचत तथा ऋण सहकारीले आफ्नो लगानी बढाएर साढे ६ करोड पु¥याएको छ ।

डिभिजन सहकारी कार्यालय धनकुटाले गत बर्ष पूर्वी पहाडि ४ जिल्लाका सहकारी मध्ये सबैभन्दा उत्कृष्ट ठहर गरेको यस सहकारीले आफ्नो चौथो साधारण सभा गरेर उक्त कुराको जानकारी दिएको छ ।
गत बर्ष ५ करोड ७ लाख लगानी गरेको संस्थाले शनिबार साधारण सभा गरेर ६ करोड ४ लाख ४४ हजार २ सय ९८ रुपैंया ऋण लगानी गरेको जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ्गको अध्यक्षतामा छ थर गाउँपालिकामा सन्चालित उक्त कार्यक्रममा सहकारीको प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएको ११ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका उप संयोजक दिबेश खड्काले आव ०७३÷७४ मा ६६ लाख ३० हजार बरावको खर्च र ९७ लाख १४ हजार बराबरको आम्दानी प्रस्तुत गर्नुभएको थियो ।
६ सय ८१ जना शेयर सदस्यहरु रहेको संस्थाको १ करोड १२ लाख १७ हजार शेयरपूँजी र ४ करोड ९७ लाख निक्षेप रहेको संयोजक पृथ पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा ६ थर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बु लगाएत बिभिन्न बैक तथा बित्तिय संस्थाका प्रतिनीधिहरुले संस्थालाई सफलताको शुभकामना दिएका थिए ।

