लोकतान्त्रिक गठबन्धन धनकुटाले गर्यो यस्तो ठोकुवा !

धनकुटा खबर । जिल्लामा तीव्र रुपमा चुनावी अभियानमा लागेको लोकतान्त्रिक गठबन्धनले आज धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा बृहत भेला तथा संयुक्त बैठक सम्पन्न गरेका छ ।

सो भेलामा प्रदेश नं. १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मनोहरनारायण श्रेष्ठले लाकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएकाले उच्च मनोवालका साथ निर्वाचनमा खट्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले धनकुटाको समग्र विकासका लागि पनि लोकतान्त्रिक समुहको जित आवश्यक रहेको बताए ।

साँगुरीगढी गाउँपालिकाका नेता तथा कार्यकर्ता सहभागी सो कार्यक्रममा राष्ट्रिय प्रजातनत्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय प्रवत्ता राजेन्द्र गुरुङले धनकुटा ऐतिहासिक जिल्ला भएको र भावी दिनमा संघीय प्रदेशको राजधानी बनाउन पनि धनकुटाबाट लोकतान्त्रिक गठबन्धनको जित आवश्यक भएको बताए ।
उनले आगामी मंसिर २१ मा हुने निर्वाचनमा मानसिक रुपमा वाम गठबन्धनका उम्मेदवारहरुले हार स्वीकार गरिससकेकाले उच्च मनोवलका साथ लागे लोकतान्त्रिक गठबन्धनका उम्मद्वारहरु प्रतिनिधि सभातर्फ सुनीलबहादुर थापा, प्रदेशतर्फ मनोहर नारायण श्रेष्ठ र अर्जूुन थापाको जितलाई कसैको तागतले रोक्न नसक्ने ठोकुवा गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का जिल्ला अध्यक्ष तथा समानुपातिकका उम्मेदवार कुमारबहादुर थापा, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बलबहादुर राई, नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार लिला सुब्बा, प्रमिला लिम्बु, नेपाली कांग्रेस धनकुटाका सचिव तथा लोकतान्त्रिक गठबन्धनका प्रवक्ता विजय सन्तोषी राई लगायतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का क्षेत्रीय सभापति धर्मध्वाज राईको सभापतित्वमा सम्पन्न भेलामा नेपालधन राईको संयोजकत्वमा ६१ सदस्य निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति बनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।