धनकुटाको बुढिमारङ्गमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न
धनकुटा खबर । धनकुटाको बुढिमारङ्गमा बाम गठबन्धनले चुनावी सभा समपन्न गरेको छ ।
कार्यक्रममा साँगुरीगढी स्थित बुढिमोरङ्ग १ र २ वडाको संयुक्त चुनावी सभालाई प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राई र प्रदेश सभाका उमेद्वार निरन राईले सम्बोधन गर्नुभएको थियो ।

उक्त सभामा द्वय उमेद्वारहरुले आफूहरु बिजयी भएमा चौबिसे क्षेत्रको चौबिसे राजमार्ग आधुनिक कृषि प्रणाली,भाषिक क्याम्पस स्थापना र पर्यटनको क्षेत्रको चौतर्फी बिकासमा काम गर्ने बताउनुभएको छ ।
कार्यक्रममा पूर्व सभासद् टिकाराम चेम्जोङ्ग,नेकपा माओवादी केन्द्रका सह संयोजक सन्देश बिहानी लगाएतले सम्बोधन गर्नभएको थियो ।
साँगुरीगढी माओवादी केन्द्रका अध्यक्ष जय लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभानुपातिक उमेद्वारहरु नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठ,नेकपा एमालेकी बिना राई लगाएतको उपस्थित रहेको थियो ।


