धनकुटाको छिन्ताङ्गमा एमाले–माओवादीले मनाए २९ औं शहिद दिवस
धनकुटा खबर । बाम गठबन्धनले छिन्ताङ्गको पन्चकन्या शहिद पार्कमा २९ औ शहिद स्मृति दिवस मनाएको छ । २०३६ सालको हत्काण्डमा सहित भएकाहरुको सम्झनामा एमाले र माओवादीले छुट्टाछुट्टै कार्यक्रम मनाउँदै आएपनि यो पटक भने दुबैपाटी बिच बाम एकता भएपछि संयुक्त मनाएका हुन् । सो अबसरमा प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राईले पन्चकन्या शहिद पार्कलाई नेपाली कम्युनिष्टहरुको गन्तब्यका रुपमा बिकास गरी राष्ट्रिय स्तरको बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

साथै खाल्सा छिन्ताङ्ग क्षेत्रमा शाहदात प्राप्त गर्ने शहिलहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न कुनै कसर बाँकी नराख्ने भन्दै राईले आफूले चुनाव जितेमा सम्पूर्ण योजनाहरु छिन्ताङ्गमा रहेको छिन्ताङ्ग सहिद स्मृति प्रतिष्ठानबाट उक्त काम सम्पन्न गराउने बताउनु भयो ।
कार्यक्रममा राईले आल्सा क्षेत्रमा उत्पादित कृषि उपजहरुको बजार ब्यबस्थापन गर्ने,सडक सुधार,तमोर–अरुण क्षेत्रका बगरहरुलाई कृषि क्षेत्रका रुपमा बिकास गर्ने,बिद्युत तथा खानेपानीको उचित ब्यबस्था गर्ने लगाएतका योजना प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा क्षेत्र नं. १ बाट प्रदेश सभाका उमेद्वार निरन राईले आफूले चुनाव जितेमा हिलेबाट त्रिवेणी सम्मको सडकलाई कालोपत्रे बनाउने आफ्नो प्राथमिकता रहेको बताउनु भयो ।
राईले धनकुटाका बिभिन्न स्थानमा समुदायमा आधारीत भाषिक बिद्यालयहरु र पर्यटर्कीय स्थलहरुको बिकासमा आफ्नो योगदान रहने बताउनु भयो ।
त्यस्तै क्षेत्र नं.२ बाट प्रदेश सभाका उमेद्वार ईन्द्रमणी पराजुलीले खोकुको सुन्तलाई अझ बिस्तार गरी यस स्थानलाई सुन्ततलाको राजधानीको रुपमा बिकास गर्ने बताउनुभयो ।
उहाँले धनकुटा क्षेत्र नं. २ को बिकासको लागि मुढे लेगुवा,दारेगौडा लेगुवा,पाख्रिबा राईघाट,बेलहारा देखि राईघाट सम्मका सडक बिकासमा बिशेष पहल गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा माओपादी केन्द्रका पोलिट ब्युरो सदस्य धर्मशिला चापागाईंले बाम एकता मुलुकको समृद्धिका लागि भएकोले सबैलाई सहयोग गर्न अपिल गर्नुभयो ।
बाम उकताकै कारण मुलुकमा दर्जनौ पाटीको झण्झट सकेर २ पाटी पद्दती कायम भए संगै अब देश स्थाई राजनीति मार्फत् समृद्धि तर्फ जाने चापागाईले बताउनुभयो ।
सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रुपलाल राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहिद परिवार तथा स्थानिय तहको चुनावमा बिजयी शहिद परिवारका सन्तानहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका कार्यवाहक जिल्ला ईन्चार्ज उज्जवल किराती(गणेश),जिल्ला समन्वयन समिति धनकुटाका सभापति टंक चौहान लगाएतले बोल्नु भएको थियो ।
बिभिन्न जनकलाकारहरुद्धार मनोरन्जनका साथ सम्पन्न उक्त कार्यक्रममा बाम गठाबन्धनका तर्फबाट समानुपातिक उमेद्वार तथा धनकुटाका ७ तहका जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

