जिशिका धनकुटाद्वारा जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनकुटा खबर, निरन्तर शिक्षा कार्यक्रम कार्यन्वयनको लागी जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रम जिल्ला शिक्षा कार्यलय धनकुटाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक वर्षमा के कस्ता कार्यक्रम भए ।

धनकुटा जिल्ला भरि शैक्षिक अवस्था के कस्तो रहेको छ कुन कुन कार्यक्रम कसरी सञ्चालन भए लगाएतको बारेमा जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत फाल्गुनि काफ्लेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै चालु आर्थिक वर्ष २०७४ ७५ को वार्षिक कार्यक्रम पनि आजै प्रस्तुत भएको छ । उक्त कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु प्रस्तुत भएको छ ।

त्यस कार्यक्रमहरुलाई नगरपालिका गाउँपालिका लगाएतका ठाउँहरुमा गत वर्ष जस्तै कार्यक्रमहरु सञ्चालन गर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । कुनै तहहरुमा थपघट हुने जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।

अभिमुखिकरण कार्यक्रममा क्षेत्रिय शिक्षा निर्देशनलयाका उप निर्देशक मोहना राईको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रम जिल्ला शिक्षा कार्यलयका प्रमुख राम बहादुर थापाको अध्यक्षातामा सम्पन्न भएको छ भने जिल्ला शिक्षा कार्यलयका लक्ष्मी न्यापानेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न संघ संस्था धनकुटा जिल्लाका स्रोत व्यक्ति लगाएतको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।