धनकुटामा विप्लवका १५ कार्यकर्ता थुनामा !, थुनुवा भन्छन,- घामै देख्न पाईएन
धनकुटा खबर । निर्बाचनलाई मध्य नजर गरी शान्ति सुरक्षा कायम गर्न नेत्र बिक्रम चन्द (बिप्लब)का पन्ध्र कार्यकर्ता धनकुटामा पक्राउ गरी थुनामा राखिएका छन् ।
हाल संन्चालनमा रहेको राज्य ब्याबस्थाको खारेज गर्ने अभियानका तयारिमा खुलेर बिरोध गर्दै आएको थुनामा परेका बिप्लबका जिल्ला ईन्चाज आकास शर्माले बताउनु भयो ।
आफु राजनितिक अभियान लिएर हिडेको र प्रशासनले हाम्रो राजनितिक आभयानलाई निश्तेज पार्न पक्राउ गरेको र यस कार्यकोलागि ठुलो धनरासि छुट्याईएको छ । यता पक्रिएर थुनामा रहेका हाम्रा साथिहरुलाई औषधि उपचार गर्न लगिएता पनि औषधि खर्च समेत सरकारले नगरेर हामि आफैले गर्नु परेको गुनासो गर्नुभयो ।
जिल्ला प्रहरी कार्यलय धनकुटा मार्फत थुनुवहरुसँग सम्पर्क गर्दा आकासले यस्तो बताउनु भयो ।
ब्याबस्था खारेजि र निर्बाचन बिरोधि अभियान सगँ सगै लैजाने भएता पनि बिभिन्न ठाउँमा भएको बिष्पोटनमा वहाँको पाटिको हात नरहेको बताउनु भयो ।
थुनुवा रहेका कोठामा घाम र स्वच्छ हावाकालागि झ्याल खोल्दा बाहिर हेरेको आरोपमा झ्याल बन्द गर्ने गरिएको र आफ्न्तलाई भेट्न दिईएतापनि आफ्ना कार्यकर्तालाई भट्न नपाउदा दुखेसो पोख्दै बिरामि थुनुवाहरुले घाम ताप्न नपाएको आकासले गुनासो गर्नु भयो ।
यस सम्बन्धमा जिल्ला प्रहरि कार्यलयका प्रमुख सुदिप राजभण्डारी सँग सम्पर्क गर्दा राजनितिक आस्थाका रुपमा राखिएका थुनुवाहरुलाई सम्मानित र मानबिय ब्याबहारका साथ राखिएको बताउनु भयो ।
हाल आसन्न निर्बाचनलाई शान्तिपुर्ण तवरले सम्पन्न गराउन स्थानिय प्रशासनको मूल दायित्व भएकोले निर्बाचन बिरुद्ध संलग्न ब्याक्ति तथा दलका कार्यकर्ताहरुलाई पक्राउ गरिएतापनि बिभिन्न माध्यमबाट बाहिर आए अनुसार नभई प्रहरि कार्यलय अन्र्तगत रहेका थुनुवाहरुलाई राज्यबाट प्रदान गरिने सेवा सुबिधामा कुनै कमि कमजोरि नरहेको मानब अधिकारको उच्च कदर गर्दै उनिहरुलाई नियमानुसार थुनामा राखिएको जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी पे्रम प्रकास उपे्रतिले बताउनु भयो । पक्राउ गरिएका १५ जनालाई माथिको आदेश नआउन्जेलसम्म थुनामा राखिने र आदेश आईसकेपछि धरौटि राखि बयान गराई तारिकमा छोडिने प्रमुख जिल्ला अधिकारी उप्रेतिले जानकारी दिनुभयो ।
प्रहरीले विभिन्न मितिमा जिल्ला इन्चार्ज आकास शर्मासहित आलोक श्रेष्ठ, विशाल मगर, रणकुमार राई, टेकबहादुर माझी, सुमन राई, हेम मगर, शुक्र राई, यज्ञप्रसाद भण्डारी, विज्ञान ओझा, नरजित राई, जनक राई, प्रेम कट्टेल र नवराज राई, जिल्ला सदस्य राजन कार्कीलाई लाई पक्राउ गरेको थियो ।

