‘सिप सिकेर दक्ष बनेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने’

धनकुटा खबर ।
धनकुटा,४ फागुन । सिप सिकेर दक्ष वनेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने धनकुटामा आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । उनिहरुले तालिम प्राप्त व्यक्तिलाई रोजगारीका लागी पठाउदाँ जोखिम कम हुने भन्दै आवश्यक सिप र दक्षता हासिल गरेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारीका लागी पठाउनु पर्ने वताएका छन् ।

वैदेशिक रोजगारबाट फर्किएका महिला कामदारहरुको संस्था पौरखी नेपालले मंगलबार धनकुटामा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगार सम्वन्धि सरोकारवालाहरुसगँको छलफल कार्यक्रममा सहभागिहरुले वैदेशिक रोगजारमा जाने पुरुष कामदार भन्दा महिला वढि प्रभावित हुने गरेकाले रोगजारका लागी जाने महिला कामदारहरुका लागी जिल्ला स्तरमा वैदेशिक रोगजारमा जानुपुर्व अभिमुखकिरण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको वताएका छन् ।

सो अवसरमा वोल्नुहुदै उच्च अदालत विराटनगर धनकुटा ईजलासका न्यायधिस प्रकाशचन्द्र गजुरेलले वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दाे वनाउन वनेका ऐन,नियम र कानुन पुर्ण रुपमा कार्यान्व्यन गर्नुुपर्ने वताउनुभयो । उहाँल वैदेशिक रोजगार विभागले वैदेशिक रोगजारमा जाने कामदारलाई तालिम दिने संस्थाहरुको अनगुमन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी विदुर सुवेदी, रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द् धनकुटाका प्रमुख प्रेमप्रसाद भटट्राई,धनकुटा वहुमुखि क्याम्पसका प्राध्यापक ईच्छापुर्ण राई,नेपाल आदिवासी जनजाति महासघं धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राई,नेपाल पत्रकार महासघं धनकुटाका उपाध्यक्ष नगेन्द्र राई,पारालिगल धनकुटाका अध्यक्ष कोपिला शकर,रेडक्रस सोसाईटी धनकुटाका सदस्य अशोक वाग्ले लगायतले सुझाव सहित आ आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङ्गले वैदेशिक रोजगारमा सम्लंगन भई समस्यामा परेका महिलाहरुलाई कानुनी तथा अन्य आवश्यक सहयोगहरु गर्दे आएको वताउनुभयो । सन् २००३ सालमा पौरखी नेपाल स्थापना भएको जानकारी दिदै अध्यक्ष गुरुङ्गले वैदेशिक रोजगारमा पिडित भएका कामदारहरुको उद्धार तथा राहतका लागी काठमाण्डौमा सुरक्षित गृहको स्थापना गरेको वताउनुभयो । हाल सम्म यस गहृबाट एक हजार भन्दा वढि महिलाले सेवा लिएका छन् । कार्यक्रममा विभिन्न सरकारी कार्यालय,सुरक्षा निकाय,गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।