फेसबुकबाटै यौनधन्दा चलाउने सुरज प्रहरी फन्दामा

काठमाडौं, ४ फागुन । सामाजिक सञ्जाल फेसबुकबाटै यौनधन्दा चलाउने ललितपुरका ३६ वार्षीय सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध शाखाले ललितपुर बागडोलका बस्नेतलाई व्यक्तिगत रिसइबीका आधारमा महिलाहरुको फोन नम्बरहरु समेत फेसबुकमा दिइएको खुलेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यका अनुसार प्रारम्भिक अनुसन्धानमा बस्नेतले २३ जना महिलाहरुको फोन नम्बर सार्वजनिक रुपमा फेसबुकमा राखेको देखिएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।
साथै बस्नेत फेसबुकबाटै महिलाहरु माग भएकाहरु लाई उपलब्ध गराउने उद्देश्यबाट नक्कली फेसबुक समेत संचालनमा ल्याएका थिए ।


