फोनिज धनकुटाको तेश्रो जिल्ला अधिवेसन फागुन २० मा हुने

धनकुटा, ५ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाको तेश्रो जिल्ला अधिवेसन आगामी फागुन २० गते हुने भएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ फोजिन धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतमा वसेको वैठकले आगामि फागुन २० गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो । वैठकले जिल्ला अधिवेशन तयारीको लागी शाखा सचिव विदुर खवासको संयोजकत्वमा २१ सदस्यीय तेश्रो जिल्ला अधिवेशन तयारी मुल समिति समेत गठन गरेको छ ।

वैठकले धनकुटामा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुको पेशागत दक्षतालाई थप व्यावासायिक वनाउन र पत्रकारिता पेशा प्रति आकषर्ण वढाउन तेश्रो अधिवेशनको अवसर पारेर आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने पनि निर्णय गरिएको छ ।

आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार हरेक तिन वर्षमा हुने जिल्ला अधिवेशनताका एक जना क्रियाशिल आदिवासी जनजाति पत्रकारलाई ५ हजार नगद र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै एक जना अग्रज पत्रकारलाई सम्मान गरिने फोनिज धनकुटाका अध्यक्ष लामाले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।