हिलेमा सञ्चालित ढाका कपडा उद्योगमा विद्यार्थीहरुको बढ्दो आकर्षण : अध्ययनका साथै ढाका बुन्ने सीप सिक्दै…

धनकुटा खबर । भनिन्छ सिपले मानिसको जीवन चलाउन सहयोग गर्दछ र जीवनयापनको क्रमलाई सहज वनाउछ । वास्तवमा सिपले नै आफ्नो जीवन चलाईरहेका र ख्याती कमाएका व्यक्तिहरुलाई हेर्ने र वुझ्ने हो भने पनि साँच्चै मानव जीवनमा सिप आवश्यकीय कुरा हो भन्ने जो कोहीलाई अवश्य लाग्छ । यस्तै कुराको मनन् गर्दै पछिल्लो समय मावि तहमा अध्यनरत विद्यार्थीहरु पनि सिप सिक्न आकर्षित भएको पाईन्छ ।
निक्कै लामो समय देखी धनकुटाको हिलेमा सञ्चालित प्रीति ढाका कपडा उद्योगमा अहिले कक्षा ११ मा पढ्दैगरेका दुई जना छात्रा सहित ३० जना महिला दिदीवहिनीहरु ढाका कपडा वुन्ने काम गरिरहेकाछन् । विगत २०६० सालदेखी सञ्चालित यस उद्योगमा कोही दिदीवहिनी वर्षौ देखी यही सिप सिकेर ढाका वुन्ने काम गरिरहेकाछन् त कोही ढाका वुन्न सिकिरहेकाछन् ।

यस्तै सिक्ने मध्यकी एक हुनुहुन्छ धनकुटा चुम्माङ्गकी तारा आले मगर । मगर अहिले कक्षा ११ मा अध्ययन पनि गर्नुहुन्छ । मगरले करिव ४ महिना देखी यहाँ ढाका वुन्न सिक्न थाल्नुभएको हो । उहाँ विहान आफ्नो क्लासको समयमा विद्यालय जानुहुन्छ भने दिउसो ढाका वुन्न सिक्नुहुन्छ । यसरी सिप सिकिरहदा एकातर्फ समयको सदुपयोग हुने त अर्को तर्फ महत्व पूर्ण कुरा सिप सिकिने मगरको छोटो समयको अनुभव छ ।
त्यस्तै सोही ठाउँकी वाल कुमारी राना पनि यहाँ ढाका वुन्न सिक्नुहुन्छ । उहाँ पनि उत्ती नै कक्षामा पढ्ने छात्रा हुनुहुन्छ र ताराले जस्तै विहान विद्यालय जाने अनि दिउसो ढाका वुन्ने गर्नुहुन्छ । सिकाई कै क्रम देखी पारिश्रमिक पनि दिने यो उद्योगमा सिप सिकिरहदा आएको पारिश्रमीकले आफ्नो पठनपाठनको क्रममा आवश्यक पर्ने सामाग्री खरिदका लागि सहयोग पुग्ने मगरको भनाई छ ।
यसरी उहाँहरुको अनुभव वुझिरहदाँ र सुनिरहदा यो उद्योगले महिला दिदीवहिनीहरुलाई सिप सम्पन्न त वनाएको छ नै अझ रोजगारीको पनि र्सिजना गरेको छ ।
यहाँवाट उत्पादित ढाकाका कपडाहरु स्थानीय वजार सहित धरान,ईटहरी,विराटनगर हुँदै अन्य स्थानमा लाने गरिएको छ । अहिले यो उद्योगले स्थानीय वजारमा मासिक ५०-६० हजार मूल्य वरावरको सामान विक्रि गर्ने र अन्य वजारमा मासिक एकलाख को सामान विक्रि गर्ने गरेको उद्योगका सञ्चालक विविन्द्र विष्टको भनाई छ । विष्टका अनुसार अघिल्लो समयको तुलनामा अहिले यतिको सामाग्री जवारमा जानु ढाका कपडाका सामाग्रीको माग वढ्दै गएको अवस्था हो ।
स्थानीय वजारमा विशेषगरी विवाह र सम्वन्धित चाड पर्वको वेला वढी मात्रामा ढाकाका दौरा,सुरुवाल,कोट लगायतका पोशाकको माग वढी हुने गरेको छ । यती हुदाहुदै पनि सेवाग्राहीले यस्ता कपडाको खास मूल्य थाह नपाउनुले विचौलियाले वढी फाईदा लिने र सेवाग्राही ठगिने समस्या रहेको उहाँको भनाई छ ।
साथै पछिल्लो समय सरकारले महिलाको नाममा दर्ता भएका उद्योगहरुलाई मात्र विभिन्न सेवा प्रदानका लागि प्राथामिक्तामा राख्नुले पुरुषद्धारा सञ्चालित उद्योगहरुलाई प्रभाव पर्ने उहाँको गुनासो छ । विष्ट भन्नुहुन्छ “सरकारले त्यसरी महिला र पुरुषले चलाएको विषयमा फरक नगरी सेवा दिए एका तर्फ उद्योग सञ्चालनमा अझ सहज हुने थियो भने अर्को तर्फ उद्योग स्थापनाको लागि पनि सहज हुने थियो ।”
“सरकारले त्यसरी महिला र पुरुषले चलाएको विषयमा फरक नगरी सेवा दिए एका तर्फ उद्योग सञ्चालनमा अझ सहज हुने थियो भने अर्को तर्फ उद्योग स्थापनाको लागि पनि सहज हुने थियो ।”
– सञ्चालक विविन्द्र विष्ट
सञ्चालक विष्टले पछिल्लो समय घर मै वसेर ढाकाका सामाग्री वुन्ने उद्यमीहरुका लागि पनि उद्योगले हिले वाटै आवश्यक कच्चा पदार्थ उपलव्ध गराउने वताउदै त्यसरी घर मै वुनिएका सामान उद्योगले लिने गरेको समेत वताउनुभयो । यो उद्योगले अहिले हिले र सिधुवा वजारमा वस्ने उद्यमीले घर मै उत्पादन गरेको सामाग्रीहरु लिने गरेको छ । तर यसरी घर मै तान लगाई ढाका वुनेर उद्योगलाई दिदा आफुहरुलाई मूल्यमा मर्का पर्ने गरेको घर मै ढाका वुन्ने उद्यमीहरुको भनाई छ ।
उद्योगवाटै कच्चा पदार्थ खरिद गरी १४ ईञ्च लम्वाई र करिव ७ ईञ्च चौडाई भएको घर मा वुनिएको साधारण रुमालको मूल्य उद्योगले प्रतिगोट्टा रु २९ को दर ले दिने गरेको उनीहरुले वताएकाछन् ।
दिन प्रतिदिन ढाका कपडाको वजार विस्तार हुदै जाँदा र ढाकाका सामाग्रीहरुको मूल्य पनि वृद्धी हुदै जाँदा घर मै वुनिएका ढाकाका सामानको पनि उद्यागेले मूल्य वढाई दिए सहज हुने उनीहरुको भनाई छ ।


