संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्छ : गुरुङ

धनकुटा खबर । तेह्रथुम, ६ फागुन । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सीता गुरुङले संविधान कार्यान्वयनको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएकी छिन् । नेपाली कांग्रेसको नेतृत्वमा जनताको लामो समयदेखिको चाहना संविधान निर्माणसँगै पूरा भएको छ’, उनले भनिन्, राष्ट्रिय एकताको माध्यमबाट अब यसलाई कार्यान्वयनमा लानुपर्ने जिम्मेवारी पनि कांग्रेसकै हो ।’

सांसद समेत रहेकी कांग्रेस नेतृ गुरुङले गृहजिल्ला तेह्रथुममा चलिरहेको संगठन सुदृढिकरण अभियानको क्रममा मोराहाङमा विहीबार आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मुलुकले नयाँ संविधान काँग्रेसको नेतृत्वमा पाएकाले यसलाई कार्यान्वयनको जिम्मा पनि कांग्रेसको जिम्मेवारी रहेको स्पष्ट पारिन् । उनले संविधान कार्यान्वयनकालागि आगामी माघभित्र राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सक्नुपर्ने जरुरी रहेको बताइन् । नेतृ गुरुङले नयाँ संरचनामा सहमति नजुटे पुरानैमा भएपनि निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड रहेको बताइन् । कार्यक्रममा पुर्वसभासद तथा कांग्रेस नेता तुलसी सुब्बाले जिल्लामा एमालेले सामाजिक सुरक्षा भत्ता एमालेले दिएको भन्दै गाउँ गाउँमा प्रचार गरेर भ्रम छरिरहेको बताए । सामाजिक सुरक्षा भत्ता सरकारले दिएको हो, यो कार्यक्रम दशकौं देखि निरन्तर छ, उनले भने, ‘एमालेले दिएको भन्ने भ्रममा नपर्नुहोला । यो तपाइहरुकै पैसा हो ।’ नागरिकले तिरेको करबाटै सरकारले सामाजिक सुरक्षा भत्ता दिइरहेको र समयाअनुसार वृद्धि हुनु स्वभाविक प्रक्रिया भएको उनले स्पष्ट पारे । उनले कार्यकर्ताहरुलाई सामाजिक सुरक्षा भत्ता एमालेले दिएको हो भन्ने भ्रममा नपर्न आग्रह गरे । नेता सुब्बाले विगतको समीक्षा गर्दै पार्टीलाई अघि बढाउन र आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

जिल्ला सभापति गोविन्द ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति अर्जुन तुम्बाहाम्फे, सचिव सन्तोष सुब्बा, तरुण दल अध्यक्ष तथा पार्टी जिल्ला सदस्य विपीन सुब्बा, महिला संघ जिल्ला सभापति बसन्ती गुरुङ, जिल्ला कार्यसमिति सदस्य राज्यप्रसाद लिम्बु, तरुण दल पुर्व अध्यक्ष लोकबहादुर खत्री, महाधिवेशन प्रतिनिधि जमुना वर्देवा, मोराहाङ सभापति शिवप्रसाद भटराई, श्रीजुङ सभापति पुर्णबहादुर लिम्बु, र पौठाक सभापति बुद्धिमान लिम्बु, नवप्रवेशीहरुको तर्फबाट प्रकाश चोङवाङ, मोराहाङ गाउँ महिला सभापति शिलेश्वरी गौतम लगायतले बोलेका थिए । कार्यक्रममा अन्य विभिन्न दलहरुबाट १९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको पुर्वजिल्ला सदस्य हेमन्त गुरुङले जानकारी दिए । आइतबारबाट संगठन सुदृढिकरण अभियान थालेको कांग्रेसले शुक्रबार फेदाप गाउँपालिकाको औंशीडाँडामा र फागुन ७ गते आठराई गाउँपालिकाको सक्रान्तिबजारमा संगठन सुदृढिकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।