धनकुटाका ८ गाविसमा खानेपानी आयोजना बन्दै…

धनकुटा, फागुन ६ । खानेपानीको व्यापक समस्या रहेका धनकुटाका ८ गाविसमा विश्व बैंकको सहयोगमा खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ ।
स्थानीय साझेदार संस्था पर्डेप नेपालमार्फत विश्व बैंकको ९ करोड १० लाख रुपैयाँको लगानीमा जिल्लाका राजारानी, डाँडाबजार, भेडेटार, महाभारत, बुढिमोरङ्ग, आँखिसल्ला, डाँडागाउँ र लेगुवा गाविसमा आयोजना बन्न लागेको हो ।
स्थानीयवासीको ५ दशमलव ५ प्रतिशत लगानीमा नेपाल सरकारको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत निर्माण हुने आयोजनाबाट ८ गाविसका ५ हजार ५ सय ७१ घरधुरी लाभान्वित हुने पर्डेप नेपालले जनाएको छ ।


