धरान गोल्डकपमा पुलिस क्लब विजयी, भलिबलको फाइनलमा नेपाल अार्मी र पुलिस भिड्ने

फागुन–६ । धरान गोल्डकपअन्तर्गत शुक्रबारकाे खेलमा विभागीय टिम नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको धरान– १७ पूर्वाञ्चल एन्फा एकेडेमीको खेल मैदानमा शुक्रबार भएको खेलमा आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धा्रित अवधिभर एक एकको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा दुवैतर्फबाट ५–५ गोल भएपछि खेल सडनडेथमा गएको हो । भोलि कांकडभिट्टा ट्रेनिङ सेन्टर र रुपन्देही ११ बीच हुने आयोजकले जनाएको छ ।

त्यसैगरी ताप्लेजुङमा जारी दोस्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपीएफ क्लबलाई तीन शून्यको सोझो सेटमा हराएर उपाधि नजिक पुगेको हो । आर्मीले एपीएफलाई २६–२४,२५–१९ र २५–१७ को सेटमा हरायो ।

त्यस्तै अर्को खेलमा पुलिसले मध्यामञ्चललाई तीन शून्यकै सोझो सेटमा हराउदै फाइनलमा पुगेको हो । पुलिसले सहज जित निकाल्ने क्रममा मध्यामञ्चललाई २५–९,२५–१६ र २५–१३ को सेटमा स्तब्ध पारेको थियो । प्रतियोगिता अन्तर्गत फाइनल खेल भोलि हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।