अब नोटमा लेख्नेलाई तीन महिना जेल

काठमाडौं, फागुन । अब रुपैयाँको नोटमा लेख्नेलाई कारवाही हुने भएको छ । कसैले नोटमा लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन भएको मानिने छ र सोही अनुसार कारवाही हुने छ । नयाँ ऐनअनुसार नोटमा लेख्नेले कम्तीमा तीन महिना जेल जानुपर्नेछ ।

फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो ।

प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ । सुरु विधेयकमा नभएको उपदफा २ र ३ प्रतिवेदनमा थप गरिएको छ ।

उपदफा २ मा कसैले बैँक नोटमा लेख्न वा कोर्न हुँदैन भनेर भनिएको छ । उपदफा ३ ले त्यसो गर्नेलाई सजायको व्यवस्था गरेको छ । जसमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना तोकेको छ ।

नोट सम्बन्धी विभिन्न निर्देशन हाल नेपाल राष्ट्र बैँकले दिँदै आएको छ । यसअघि पनि नोको बण्डलमा स्टिज नगर्न निर्देशन दिएको थियो । त्यसअघि पनि अदालतले नेपाली रुपैयाँको नोट फोहर नगर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।