आधुनिक प्रवृधिद्वारा च्याउ उत्पादन गर्दै विद्यार्थी

महोत्तरी, ७ फागुन । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् ।

सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् ।

च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको प्रयोग गर्ने गर्छ । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसपछि त्यसमा च्याउको बीउ हालेर आधुनिक प्रविधिले च्याउ खेती गर्दै आएकोे कक्षा ९ मा अध्ययनरत छात्रा निलु मोक्तानले बताइन् ।

च्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको छात्र शिवकिरण महतोले बताउनुभयो ।

त्यस्तै छात्रा संरचना कुमारी साहले ३० दिनमा पूर्णरुपमा तयार हुने सो च्याउ उत्पादनको लागि तीन हप्तासम्म अँध्यारो कोठामा राख्नुपर्ने बताए ।

कक्षा ९ मा अध्ययनरत ती विद्यार्थीलाई छ समूहमा विभाजन गरेर प्रयोगात्मक विधिद्वारा शिक्षण गराउँदै आएको शिक्षक देवनारायण सिंहले बताउनुभयो । यस विद्यालयका आफ्नै जग्गामा विद्यार्थीले काउली, आलु, गहुँलगायतका बाली परीक्षणका रुपमा उत्पादनसमेत गर्दै आएका छन् ।

कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा यसै वर्षदेखि प्राविधिकतर्फका कृषि विज्ञान विषयका तीन वर्षे कक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिनुभयो ।

यसै वर्षदेखि सुरु भएको सो विषय अध्ययनका लागि जिल्लाका विभिन्न स्थानका साथै धनुषा र सर्लाहीका विद्यार्थी यहाँ आउने गरेको सो विद्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।