फोन ह्याङ हुन्छ ? थाहा पाइराख्नुस् यी ५ टिप्स

यदि तपाइँको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाइँले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।

टिप्स नम्बर १:
यस्ता फाइल र फोल्डर जसको प्रयोग कम हुन्छ यस्तालाई क्लाउड स्टोरमा स्टोर गर्नुस् । यसो गर्दा मोबाइलको इन्टरनल मेमोरी खाली रहन्छ । क्लाउड स्टोर भर्चुअल ड्राइभ जस्तै हो यसमा तपाइँ आफ्नो डाटा सेभ गर्न सक्नु हुन्छ । गुगल ड्राइभ, वन ड्राइभ र ड्रप बक्स क्लाउड स्टोरेज एप्लिकेशन प्रयोग गरेर मोबाइलको मेमोरी कम गर्न सकिन्छ ।

टिप्स नम्बर २:
फोन ह्याङ हुने सबैभन्दा मुख्य कारण इन्टरनल मेमोरी हो । जव फोनको इन्टरनल मोमरी वा र्‍याम कम हुन्छ अनि फोन ह्याङ हुन्छ । यसका लागि तपाइँले स्मार्टफोनमा एक्सप्याण्डल मेमरीको अप्सनमा गएर त्यहाँ भिडियो, पिक्चर आदि सेभ गर्न सक्नु हुन्छ । जुन एप्लिकेशन प्रयोग हुँदैन त्यस्तो एप्लिकेशन हटाइदिनुस् । यसले फोन ह्याङ हुने समस्या कम गर्छ ।

टिप्स नम्बर ३:
हरेक स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेट अप्सन हुन्छ । फ्याक्ट्री रिसेट गर्दा फोनको ह्याङ हुने समस्या समाधान हुन्छ । तर त्यसो गर्न अघि फोनको डाटा ब्याकअप गर्न नभुल्नुस् ।

टिप्स नम्बर ४:
फोनबाट त्यस्ता सबै चिज डिलिट गरिदिनुस् जुन तपाइँलाई आवश्यक छैन । त्यति मात्र होइन फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुस् यहाँ क्यास डाटा (Cache data) को विकल्प आउँछ त्यहाँ गएर क्लियर डाटा गर्नुस् । समय समयमा यस्तै गर्नुस् ।

टिप्स नम्बर ५:
फोनमा गीत, भिडियो, तस्वीरे र अन्य डाटा एक्सटर्नल मेमरीमा सेभ गर्नुस् । तपाइँले एक्सटर्नल मेमरीलाई डिफल्ट राख्नु भयो भने सेभ हुँदा त्यसमै हुन्छ । इन्टरनल मेमरीको धेरै भाग खाली राख्दा फोन ह्याङ हुने समस्या कम हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।