जान्नुहोस् यी ७ घरेलु टिप्स, जसले तपाँइलाई जाडो र सर्दीबाट जोगाउछ…

जाडो महिना शुरु भइसकेको छ । काठमाडौ लगायत देशभर जाडो बढ्दैछ । बिषेश गरि जाडोमा हामिले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुराउनु पर्दछ । जाडो महिनामा कयौ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ त कयौलाइ त ज्वरोले पनि सताउने गर्दछ । जसका कारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने स्थिती आउने गर्दछ ।

तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको आफै हेर विचार गर्न जरुरी छ । यहाँ जाडो मौसमको समयमा सर्दीबाट बच्ने केही टिप्सहरु दिइएको छ । दिइएको टिप्समा ध्यान दिनुहोस र जाडोबाट बच्नुहोस ।

१.अदुवाको टुक्राको रस २० मि.ली देखि ३० मि.ली. सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।

२.दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघी सेवन गर्नुहोस् ।

३.एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक लिनुहोस् ।

४.वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउनुहोस् ।

५.कालो मरिच डढाएर धुवा सुँघनाले बन्द नाक खुल्छ ।

६.अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।

७.एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।