पत्रकार महासंघ धनकुटाका संस्थापक सदस्य सहित सहयोगी संस्था सम्मानित

धनकुटा खबर/७ फागुन । नेपाल पत्रकार महासंघ धनकुटाको १० औ जिल्ला अधिवेसनको अवसरमा पत्रकार महासंघ धनकुटाका संस्थापक सदस्य सहित विभिन्न सहयोगी संस्थालाई सम्मान गरिएको छ ।
अधिवेसन उद्घाटन कार्यक्रमको अवसरमा पत्रकार महासंघका संस्थापक सदस्यहरु रमेश अमात्य,सरोज श्रेष्ठ र शारदा सन्तोषी राईलाई सम्मान गरिएको छ । यसैगरि पत्रकार महासंघलाई भौतिक सामग्रीहरु सहयोग गर्ने निगाले सिमेन्टका सञ्चालक दिनेश पौडेल,धनकुटा हेल्थ साईन्स ईन्ष्टिच्युतका प्रमुख रामनारायण रामा,तत्कालिन समुदाय सहयोग कार्यक्रम सिएसपीका कर्मचारी जेबी राई र खिन्द्र अधिकारीलाई सम्मान गरिएको छ ।
यसैगरि सहयोगी संस्था साझा सञ्चार नेपाल र पारुहाङ्ग सुम्निमा क्लब र पत्रकार महासंघले स्थापना गरेको अक्षयकोषका लागी सहयोग गर्ने दोर्ण गुरागाईलाई सम्मान गरिएको छ । उहाँहरुलाई सम्मानपत्र र दोसल्ला प्रदान गरि सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रकास तिम्सिना,सांसदद्वय मनोहरनारायण श्रेष्ठ र अञ्जना ताम्ली,प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती,महासंघका जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे लगायतले सम्मानपत्र तथा दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
सो अवसरमा वोल्ने वक्ताहरुले जिल्लाको विकासका लागी पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको वताएका छन् । उनिहरुले सत्य तथ्य समाचारको खोजी गरि नागरिकका समस्याहरुलाई उजार गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । सो अवसरमा नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य प्रकाश तिम्सिना,सांसदद्धय ताम्ली र श्रेष्ठ,प्रजिअ उप्रेती,नेपाल पत्रकार महासघंका पुर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राई,पुर्व केन्द्रिय सदस्य सिद्धराज राई,पत्रकार महासंघ धनकुटाका पुर्व अध्यक्ष विजयसन्तोषी राई,मोहन वान्तवा लगायत विभिन्न राजनितिक दल,संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष नगेन्द्र राईले राख्नुभएको थियो भने सञ्चालन सचिव हिमा चेम्जोङ्गले गर्नुभएको थियो ।
यसैविच नेपाल पत्रकार महासंघ धनकुटाको १० औ जिल्ला अधिवेसनको वन्दशत्रले विभिन्न सुझाव सहित सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । वन्दशत्रमा सचिव हिमा चेम्जोङ्ग र कोषाध्यक्ष नारायणकुमार आठपहरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै नयाँ नेतृत्व चयनका लागी आवश्यक प्रक्रिया आईतवार हुने निर्वाचन समितिले जनाएको छ ।


