‘निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्छ’

धनकुटा खबर, ८ फागुन । निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने धनकुटामा आयोजित एक कार्यक्रममा वक्ताहरुले वताएका छन् । उनिहरुले सरकारले निर्वाचनको मिति तोक्ने गरेको भन्दै निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई हुनुपर्ने वताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाको आयोजनामा प्रथम निर्वाचन दिवसको अवसरमा भएको लोकतन्त्र र निर्वाचन विषयक जिल्ला स्थित सरोकारवालाहरुसगँको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो वताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी एवं प्रथम निर्वाचन दिवस कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रकास उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकारीले प्रदिप शाहले जिल्ला निर्वाचन कार्यालय धनकुटाले गरिरहेको कार्यहरुको वारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा उहाँले जिल्लामा ९९ हजार ६ सय ७४ जना मतदाता रहेको वताउनुभयो । जस्मा पुरुष ५० हजार ३ सय २६ र महिला ४९ हजार ३ सय ४८ जना रहेका छन् । यस्तै फोटोसहितको मतदाता नामावलिमा नाम दर्ता गर्ने अभियान गत पुस महिना देखि सञ्चालन गरिएको र उक्त अभियानमा दुई हजार ४ सय ५८ जना नयाँ मतदाता थपिएका छन् ।

यस्तै जिल्लामा रहेका १७ वटा राजनितिक दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको छछन् । सो अवसरमा नेपाली काग्रेसका महाधिवेसन प्रतिनिधि आन्नदसन्तोषी राई,नेकपा एमाले जिल्ला कमिटि धनकुटाका सचिवालय सदस्य भिम राई,नेकपा माओवादी केन्द्र धनकुटाका ईन्चार्ज उज्जवल किराती लगायतले वोल्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।