गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

जाजरकोट, ९ फागुन । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल ।

यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ । यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले निःशुल्क पढाउन लगाउने गर्दछन् । विद्यालय उपस्थित नहुने विद्यार्थीका अभिवावकले विद्यालयमा एक दिन काम गरी सजाय भोग्नुपर्दछ । अहिले यो विद्यालयमा निजी विद्यालयवाट कक्षा छोडेर विद्यार्थी पढ्न आउने गर्दछन् । यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो ।

स्रोतव्यक्ति एक हप्तामा विद्यालय नपुगेमा अध्यक्षले फोन गरी विद्यालयमा आउन हैरान बनाउने गरेको स्रोतव्यक्ति मनिराम पोखरेलले बताउनुभयो । गयल हुने शिक्षकको तलव काटेर विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्री खरिद गरी विद्यालयमा व्यवस्थापन गर्दै आएको प्रधानाध्यापक शान्तबहादुर रोकायले वताउनुभयो । विद्यालयमा खानेपानी, शौचालय, वाथरुम लगायतका भौतिक निर्माण गरी पूरै सुविधासमेत पु¥याएको जिल्ला शिक्षा अधिकारी सिंहले वताउनुभयो ।

विद्यालयमा उपस्थित नहुने विद्यार्थीको घरमा पुगेर विद्यालयमा अभिभावकले काम गर्न बाध्य पारेदेखि सबैले आफ्ना छोराछोरी नियमित विद्यालयमा पठाउन लागेको प्रअ रोकायले बताउनुभयो । योभन्दा अघिका अध्यक्ष हुदा विद्यालयमा लापरबाहीका कारण लथालिङ्ग थियो , अहिले निकै परिवर्तन आएको प्रअ रोकायले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।